महिला प्रम कप फाइनल : एपीएफलाई प्रदेश-१ को चुनौती

दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको उपाधिको लागि विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र प्रदेश-१ ले आइतबार प्रतिस्पर्धा गर्दैछन्। खेल लमही क्रिकेट मैदानमा ११:३० बजे देखि सुरु हुनेछ।

प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश-१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। एपीएफले सेमीफाइनलमा सुदूरपश्चिमलाई तथा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो। प्रतियोगिताको गत संस्करणको सेमीफाइनलमा एपीएफले प्रदेश-१ लाई पराजित गरेको थियो। २०७२ को पहिलो संस्करणमा एपीएफ जनकपुरसंग पराजित भएपछिको बिगतको ३ संस्करण एपीएफले जितेको छ।

डिफेन्डिङ च्याम्पियन एपीएफलाई पराजित गर्दै लामो समय देखिको एपीएफको दबदबा समाप्त गर्ने योजनामा रुबिना क्षेत्री कप्तानीको प्रदेश-१ रहेको छ। प्रदेश-१ को बलिंगमा संगीता राई, सबनम राई, निगिमा तामांग उच्च लयमा छन् जसले ४ खेलमा कूल २३ विकेट लिएका छन्। संगीताले १०, सबनमले ७ तथा निगिमाले ६ विकेट लिएकी छिन्। गण्डकी बिरुद्ध संगीताले एकै खेलमा ५ विकेट लिएकी थिइन्। एपीएफले यी ३ बलरहरुले राम्रो चुनौती दिनेछन्।

ब्याटिंगको कुरा गर्द कप्तान रुबिना क्षेत्री उच्च लयमा छिन् जसले ४ खेलमा ३६ को औशत र ९४.७३ को स्ट्राइक रेटमा १ अर्धशतक प्रहार गर्दै १०८ रन बनाएकी छिन्। रुबिनालाई अर्की ओपनर काजल श्रेष्ठले राम्रो साथ दिईरहेकी छिन्। काजल र रुबिना पछि रोमा थापा, अप्सरी बेगम, लकिता राजबंशीहरु ब्याटिंग क्रममा रहेता पनि मौका भने निकै कम पाएका छन्। रुबिना, काजल र अप्सरीको विकेट सुरुवातमा लिन सकेको खण्डमा एपीएफ खेलमा हावी हुनसक्छ।

अर्कोतर्फ एपीएफको बलिंगमा करुणा भण्डारीले निरन्तर उत्कृस्ट बलिंग गरेकी छिन् जसले ४ खेलमा १२ विकेट लिईसकेकी छिन्। करुणा बाहेक अन्य बलरहरुले धेरै विकेट नलिएता पनि रेखा रावल, ममता चौधरी, राजमती ऐरी, सिता राना मगर, सोनु खड्का जस्ता बलरहरु टिममा छन् भने प्रसस्त बलिंग अप्सन टिममा रहने गरेको छ।

ब्याटिंगमा ज्योति पाण्डे निरन्तर रन बनाइरहेकि छिन् जसले ४ खेलमा ४५.६६ को औशत र ८४.५६ को स्ट्राइक रेटमा १३७ रन बनाएकी छिन्। कप्तान सिता राना मगर, सरिता मगर, इन्दु बर्मा, रेखा रावल, प्यारी चौधरी जस्ता खेलाडी ब्याटिंगमा छन्। ज्योति र सिता पछि अन्य खेलाडीहरुले धेरै मौका ब्याटिंगमा पाएका छैनन्। त्यसैले प्रदेश-१ पनि एपीएफको सुरुवाती विकेट लिंदै ब्याटिंगको परिक्षा लिन चाहन्छ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]