अल्का अस्पतालद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख सहयाेग

२०७७ पुष २०, सोमबार ०७:४३

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरस्थित अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयाेग गरेको छ।

रंगशाला निमार्णाधिन स्थल भरतपुरमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्।

रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए। ‘यसअघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ। ‘

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।

रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ।

मुख्य गेटको डिजाइन स्तुप रहनेछ। रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत बताइएकाे छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy