बिग ब्यास : सिड्नी बिरुद्ध सन्दिपको राम्रो प्रदर्शन

२०७७ पुष २३, बिहीबार १४:०६

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत लिगको ३१ औं तथा होबार्ट हरिकेन्सले आफ्नो नवौं खेलमा सिड्नी थन्डर्ससंग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो बलिंग गरेका छन्।

पहिलो ओभर : ३ रन ( ० , १ , ० , ०  , १ , १ )

छैठौं ओभरमा स्पेल सुरुवात गरेका सन्दिपको दोश्रो बलमा उस्मान ख्वाजाले चौका हिर्काए। त्यसबाहेक ओभरमा ओभरमा ३ बल डट गर्दै कुल ६ रन मात्र खर्चिए।

दोश्रो ओभर : ८ रन खर्चेर १ विकेट ( १ , १ , ० , विकेट , २ रन , ० )

स्पेल निरन्तरता दिने क्रममा सन्दिपले राम्रो लयमा रहेका सिड्नीका कप्तान कलम फर्गुसनको विकेट लिए। चौथो बलमा सन्दिपले गरेको लेग स्पिनलाई लंगअन माथि हिर्काउन खोजेका फर्गुसन बाउन्ड्रीमा बोथाबाट क्याच आउट भए।

तेश्रो ओभर : ६ रन ( १ , २ , ० , ० , १ , २ )

१२ औं ओभरमा स्पेलको तेश्रो ओभर गर्ने क्रममा सन्दिपले ६ रन खर्चिए। भर्खरै क्रिजमा आएका अर्जुन नयर र एलेक्स रोसले सन्दिपलाई खुलेर खेल्न सकेनन्।

चौथो ओभर : ८ रन ( ० , २ , बाई १, १ , ० , ४ )

स्पेलको अन्तिम ओभर १४ औं ओभरमा सक्ने क्रममा नायर र रोसलाई दबाबमा राखेका सन्दिपले गुगलीको राम्रो प्रयोग गरे। तेश्रो बलमा स्टम्पिंगको मुस्किल मौकामा विकेटकिपर म्याकडरमोट चुक्न पुगे। ओभरको चौथो बलमा सन्दिपले माथि दिएको बललाई सन्दिपको टाउको माथिबाट नायरले चौका हिर्काए।

४ ओभरमा सन्दिपले २३ रन खर्चेर १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सन्दिपले यस अघि मेलबर्न स्टार्स बिरुद्ध खेलेको दुईवटा खेलमा ३ विकेट लिएका थिए। यस क्रममा पहिलो खेलमा ३८ रन तथा दोश्रो खेलमा ३६ रन खर्चेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy