कोहलपुर ओपन क्रिकेट – आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स नेपालगंज फाइनलमा

शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स फाइनल प्रवेश गरेका छन्। प्रतियोगिताको उपाधिको लागि शनिवार दिउसो ११ बजे प्रतिस्पर्धा हुनेछ ।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमीफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लब तथा बिबी वारियर्सले बिबीसीसी किर्तिपुरलाई पराजित गर्यो।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो। न्यु दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९.२ ओभरमा ६ विकेट क्षेतिमा पुरा गर्यो।

कोहलपुरको लागि विनायक गिरिले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए। न्यु दर्पणका बलर सिमोन थापा र दिपक राना मगरले समान २ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको न्यु दर्पणले १३.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो। उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दिप राना मगरले १२ रन बनाए। कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २ विकेट तथा अजय शहानिले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रुपेश कुर्मी चुनिए।

दोश्रो सेमीफाइनलमा बिबि वारियर्सले बिबिसीसी किर्तिपुरलाई ३१ रनले पराजित गर्यो। बिबि वारियर्सले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा बिबीसीसी किर्तिपुरले १५ ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। उसको लागि सन्दिप कुँवरले सर्वाधिक २२, निरज सिंह धामीले १५, किशन बिस्टले, सौरभ बमले १२ तथा दिपक बोहराले १० रन बनाए। बिबी वारियर्सका बलर आकाश बिस्टले सर्वाधिक ३ विकेट लिए भने सिद्धान्त राज शाही र बिशाल पौडेलले समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बिबी वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १२६ रन बनएको थियो। उसको लागि विजय चौधरीले अर्धशतक बनाउने क्रममा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए। शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६ रन तथा अमर सिंह रौटेलाले १० रन बनाए। बिबिसीसी किर्तिपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १ विकेट लिए।

बलिंग गर्दै एस एक्स्पर्ट्सका बसन्त रेग्मी

यस अघि शुक्रबारनै सम्पन्न चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुरले यस एक्स्पर्टलाई ३२ रनले पराजित गर्यो। बिबीसीसीले दिएको १०० रनको लक्ष्य पछ्याउने क्रममा यस एक्स्पर्टले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो।

एक्स्पर्टको लागि शुबेन्दु पाण्डेले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनौं सकेनन्। बिबीसीसीका बलर किशन बिस्टले सर्व्धिक ३ विकेट तथा निरज सिंह धामी, सौरभ बम र सुरज तिवारीले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बिबिसीसी किर्तिपुरले १४.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो।

बिबिसीसीको लागि किशन बिस्टले सर्वाधिक २२ रन, सौरभ बमले १९ रन, सन्दिप कुँवरले १३ रन तथा दिपक बोहराले १० रन बनाए। यस एक्स्पर्टका बलर सन्दिप खत्री र बसन्त रेग्मीले समान ३ विकेट लिए। नासिर अन्सारी, सौगात खत्री, अनिश छेत्री र राकेश गगुप्ताले समान १ विकेट लिए।

खेलको प्लेयर फ द म्याच किशन बिस्ट चुनिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]