एपीएफसंग प्रदेश-१ सहजै पराजित, अविनाशले लिए ५ विकेट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले प्रदेश नम्बर-१ लाई १३५ रन अन्तरले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ले ४२.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो।

स्कोरकार्ड  , अंकतालिका

प्रदेश-१ को लागि मिनास थापाले सर्वाधिक १८ रन, फिर्दोश अन्सारीले १७ रन, दिपेश कंडेलले १६ रन, दिपक पासवानले १३ रन तथा जोशक खड्काले अविजित १२ रनको योगदान दिए।

पहिलो २ विकेट ५३ रनको योगफलमा गुमाएको प्रदेश-१ लाई त्यसपछि मध्यम ओभरमा अविनाश बोहरा र बसन्त रेग्मीले निरन्तर दबाबमा राखेका थिए। रेग्मीले १५ औं ओभरमा मिनास थापा र १९ औं ओभरमा राजन मगरलाई पेभेलियन फर्काएपछि बोहराले सिद्धान्त लोहनी, शुभंकर उराउ, फिर्दोश अन्सारी, सोनु मण्डल र सर्वन यादवको विकेट लिंदै विकेट संख्या ५ पुर्याएका थिए। त्यसपछि तल्लो क्रममा दिपेश कंडेल र जोशक खड्काले विकेटमा जम्दै टिमको योगफल १०० रन पार गराए।

एपीएफको बलिंगमा अविनाश बोहराले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १० ओभरम ६ मेडन ओभर गर्दै मात्र १८ रन खर्चिए। बसन्त रेग्मीले २ विकट लिए जुन क्रममा १० ओभरमा ३ ओभर मेडन गर्दै मात्र १३ रन खर्चिए। शरद भेसावकर ( ५-१-१५-१ ) र किशोर महतो ( ६-०-२२-१ ) ले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २४३ रन बनाएको थियो।

सुबास खकुरेल र आसिफ शेखले ७१ रनको ओपनिंग साझेदारी गरेका थिए

एपीएफको लागि ओपनर आसिफ शेखले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै बसन्त रेग्मीले ४० रन, सन्दिप जोराले ३० रन, कप्तान शरद भेसावकरले २० रन तथा सुबास खकुरेल र किशोर महतोले १९ रन बनाए।

आक्रामक सुरुवात गर्ने क्रममा ओपनर आसिफ शेख र सुबास खकुरेलले ८.५ ओभरमा ७१ रन जोडेका थिए। आसिफले मात्र २९ बलमा अर्धशतक पुरा गरेका थिए। नवौं ओभरमा असिफलाई सोनु मण्डलले क्याच आउट गराए पछि भने एपीएफले लगातार विकेट गुमाउन पुग्यो। सुबाश खकुरेल, शरद भेसावकर, प्रदिप ऐरी र सुमित महर्जन छोटो अन्तरलमा आउट हुन पुगे।

१२६ रनमा ५ विकेट गुमाएको एपीएफलाई छैठौं विकेटको लागि सन्दिप जोरा र बसन्त रेग्मीले ६६ रनको साझेदारी गर्दै उकासे। बसन्त र जोराको विकेट पछि तल्लो क्रममा किशोर महतो र अविनाश बोहराले दशौँ विकेटको लागि २३ रनको साझेदारी गरे।

प्रदेश-१ को बलिंगमा फिर्दोश अन्सारी, दिपेश कंडेल, हेमन्त राई र सर्वन यादवले समान २ विकेट तथा जोशक खड्का र सोनु मण्डलले समान १ विकेट लिए।

समुह ‘ए’ अन्तर्गत पहिलो खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको थियो।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार दुईवटा खेल संचालन हुनेछन्। टियु मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश बीच तथा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल विहान ९ बजे सुरु हुनेछ। हेर्नुस खेलतालिका

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]