आर्मीद्वारा कर्णालीलाई १९६ रनको लक्ष्य

२०७७ माघ ४, आईतवार १२:१९

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत तेश्रो दिन समुह ‘ए’ अन्तर्गतको तेश्रो खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

मुलपानी मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाउदै कर्णालीलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

आर्मीको लागि ओपनर अनिल मण्डलले सर्वाधिक ८९ रन बनाए जुन क्रममा ११४ बलमा १४ चौका प्रहार गरे। यस्तै कप्तान बिनोद भण्डारीले ४१ रन, राजेश पुलामीले १६ रन, लोकेश बमले १३ रन तथा रोहित पौडेलले ११ रन बनाए।

खराब सुरुवात गरेको आर्मीले पहिलो ३ विकेट ४२ रनको योगफलमा गुमाएपछि मण्डल र भण्डारीले चौथो विकेटक लागि ११५ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी टुटेपछि पुनः आर्मीको इनिंग्स धरासायी बन्न पुगेको थियो।

कर्णाली प्रदेशको बलिंगमा दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान २ विकेट तथा अनुज चुनरा, युनिष बिक्रम सिंह र रबिन्द्र शाहीले समान १ विकेट लिए।

स्कोरकार्ड 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy