प्रम कप : बागमतीसंग डिफेन्डिङ च्याम्पियन पुलिस स्तब्ध

काठमाडौंमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा विभागीय टोलि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई बागमती प्रदेशले स्तब्ध पार्दै विजयी सुरुवात गरेको छ।

टियु मैदानमा सम्पन्न खेलमा पुलिसले दिएको ११२ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर ३४.४ ओभरमा भेटायो।

स्कोरकार्ड , अंकतालिका , खेलतालिका 

बागमतीको जितमा पृथु बास्कोटाले अविजित ४८ तथा इशान पाण्डेले अविजित १७ रन बनाए। यस्तै पारस खड्काले १७, आदील खानले १२ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको बागमतीले ३५ रनमा ३ विकेट गुमाएको थियो। आकाश थापा १ रन, आदील खान १२ रन तथा पारस खड्का १७ रन बनाएर आउट भए। चौथो विकेटको लागि इशान पाण्डे र पृथु बास्कोटाले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दै टिमलाई जिततर्फ डोर्याएका थिए। दुवैले चौथो विकेटको लागि ७९ रनको साझेदारी गरे।

पुलिसको बलिंगमा दिपेन्द्र ऐरी र ललित राजबंशीले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १११ रन बनाएको थियो।

पुलिसको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले समान २१ रन तथा सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन योगदान दिए।

पहिलो विकेटको लागि सुनिल धमला र कुशल भुर्तेल बीच ३२ रनको साझेदारी भएपछि सातौँ ओभरमा धमलालाई रामनरेश गिरिले एलबिडब्लु आउट गरे। त्यसपछि पुलिसले निरन्तर अन्तरलमा विकेट गुमाउन पुग्यो। नवौं ओभरमा अमित श्रेष्ठलाई गिरिले क्याच आउट गराए। १५ औं ओभरमा कुशललाई नन्दन यादबले क्याच आउट गराए।

लेग स्पिनर तिलक भण्डारीले ४ विकेट लिए

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले ३४ रनको साझेदारी गरे। २२ औं ओभरमा आरिफलाई तिलक भण्डारीले तथा २३ औं ओभरमा दिपेन्द्रलाई नन्दन यादबले आउट गर्दा बागमती खेलमा हाबी बन्यो। त्यसपछि भण्डारीले अनिल साह र पवन सर्राफको तथा नन्दनले मन्जित श्रेष्ठ, राशिद खान र ललीत राजबंशीको विकेट लिए।

१०० रनको योगफलमा चौथो विकेट गुमाएको पुलिसले बाँकी ६ विकेट मात्र ११ रन जोड्दा गुमाउन पुग्यो।

बागमतीको बलिंगमा नन्दन यादव र तिलक भण्डारीले समान ४ विकेट लिए। दायाँ हाते फास्ट बलर यादवले ९ ओभरमा १ मेडन ओभर गर्दै ३१ रन खर्चिए भने लेग स्पिनर भण्डारीले ७.३ ओभरमा १ मेडन ओभर गर्दै १७ रन खर्चिए। यस्तै अर्का फास्ट बलर रामनरेश गिरिले २ विकेट लिए।

स्कोरकार्ड , अंकतालिका , खेलतालिका 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]