सन्दिप, अनिल र सौरभ चम्किदा लुम्बिनीको विजयी सुरुवात

२०७७ माघ ६, मंगलवार १६:०९

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिनको समुह ‘बि’ अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गर्ने क्रममा प्रदेश-२ लाई ७७ रनले पराजित गरेको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ ले ४२.४ ओभरमा १८० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

स्कोरकार्ड , अंकतालिका 

प्रदेश-१ को लागि बिबेक यादबले सर्वाधिक ५१ रन, सुधिर चौधरीले ४२ रन, मेहबुब आलमले ३१ रन तथा हरिशंकर शाहले २२ रन बनाए।

राम्रो सुरुवात गरेको प्रदेश-२ एक समय १०५/२ को अवस्थामा थियो। २५ औं ओभरमा मेहबुब आलम आउट भएपछि प्रदेश-२ का ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउन पुगे। लुम्बिनीका देब्रे हाते स्पिनर अनिल खरेलले लगातार विकेट लिंदै प्रदेश-२ लाई निरन्तर दबाबमा राखे।

Bibek Yadav

फलस्वरुप १०५/३ को अवस्थाबाट १२४/९ को अवस्थामा प्रदेश-२ पुग्यो। दशौँ विकेटको लागि बिबेक यादव र दिभ्याँशु मलिकले ५६ रको साझेदारी गर्दै लुम्बिनी प्रदेशको जितको प्रतीक्षा लम्ब्याए। यादवलाई ४३ औं ओभरमा बिक्रम भुसालले क्याच आउट गराए।

लुम्बिनीको बलिंगमा देब्रे हाते स्पिनर अनिल खरेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै २९ रन खर्चिए। बिक्रम ब्भुसल र दिपेन्द्र रावतले समान २ विकेट तथा कृष्ण कार्की र अमित तामांगले समान १/१ विकेट लिए।

खेलमा टस जितेर ब्याटिंग गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो।

लुम्बिनीको लागि सन्दिप रजालीले सर्वाधिक ८३ रन बनाए जुन क्रममा १०७ बलमा ११ चौका प्रहार गरे। यस्तै सौरभ खनालले ६४ बलमा ५ चौका र ३ छक्का मद्दतले ५६ रन बनाए। बिक्रम भुसालले ३६, कृष्ण कार्कीले १० रन योगदान दिए।

Sandeep Rajali

पहिलो ३ विकेट ४२ रनमा गुमेपछि तेश्रो विकेटको लागि रजाली र खनालले ९५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। खनाललाई २७ औं ओभरमा हरिशंकर शाहले क्याच आउट गर्दै साझेदारी तोडेका थिए। खनालको विकेट पछि पनि रजालीले एक किनार सम्हाल्दै ४१ औं ओभरसम्म ब्याटिंग गरेका थिए। रजालीलाई कुमार थापाले आफैद्वारा क्याच आउट गराए। इनिंगको अन्तिममा बिक्रम भुसालले केहि आक्रामक सट खेल्दै टिमको योगफल २५० पार गराएका थिए।

प्रदेश-२ को बलिंगमा अफ स्पिनर हरिशंकर शाहले सर्वाधिक ३ विकेट लिए। दिभ्याँशु मलिकले २ तथा सैफुल्लाह अन्सारी, कुमार थापा र बिशाल सुश्लिंगले समान १ विकेट लिए।

स्कोरकार्ड , अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy