पुलिसद्वारा सुदूरपश्चिम ११० रनमै सिमित

२०७७ माघ ७, बुधबार ११:१५

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘बि’ अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन टिम नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर पुलिसले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सुदूरपश्चिमले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र बनाउन सकेको छ।

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ४० रन, संजु दमाईले ३५ रन, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन योगदान दिए।

कप्तान सन्तोष भट्ट पहिलो ओभरमा रन आउट हुन् पुगेपछि ओपनर खडक बोहरा र तेश्रो नम्बरका संजु दमाईले दोश्रो विकेटको लागि ८० रनको साझेदारी गरेका थिए। १७ औ ओभरमा खडकलाई सागर ढकालले एलबिडब्लु आउट गरेपछि भने सुदूरपश्चिमले लगातार विकेट गुमाएको थियो। सागरले त्यसपछि २१ औं ओभरमा संजुलाई क्याच आउट गराए भने २७ औं ओभरमा अरुण ऐरी र किरण ठगुन्नालाई लगातार बलमा आउट गरे। त्यसपछि दिपेन्द्र ऐरीले सुदूरपश्चिमका तल्लो क्रमका ब्याट्सम्यानहरुलाई क्रिजमा जम्न दिएनन्।

८० रनमा १ विकेट गुमाएको अवस्थाबाट सुदूरपश्चिमले थप ३० रन जोड्दा बाँकी ९ विकेट गुमाउन पुग्यो।

Sagar Dhakal

पुलिसको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकाल र अफ स्पिनर दिपेन्द्र ऐरीले समान ४ विकेट लिए। सागरले १० ओभरमा ३ ओभर मेडन गर्दै १८ रन खर्चिए भने दिपेन्द्रले ६.१ ओभरमा २ मेडन ओभर गर्दै १० रन खर्चिए। २ विकेट पुलिसले रन आउटको रुपमा प्राप्त गर्यो।

प्रतियोगिता अन्तर्गत पुलिसले पहिलो खेलमा बागमती प्रदेशसंग ७ विकेटको हार बेहोरेको थियो। सुदूरपश्चिमले पनि बागमती प्रदेशसंग पहिलो खेलमा हार बेहोरेको थियो।

स्कोरकार्ड , अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy