प्रम कप : पवन सर्राफको १३ बलमा अर्धशतक

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार लुम्बिनी प्रदेश बिरुद्धको खेलमा नेपाल पुलिस क्लबका ब्याट्सम्यान पवन सर्राफले मात्र १३ बलमा अर्धशतक बनाउदै नयाँ कीर्तिमान बनाएका छन्।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनाएको छ।

यस क्रममा ४८ औं ओभरमा दिपेन्द्र ऐरी आउट भएपछि ब्याटिंग गर्न आएका दायाँ हाते ब्याट्सम्यान सार्रफले अपत्यारिलो ब्याटिंग गर्दै अर्धशतक बनाए।

पहिलो ओभरमा १ रन र चौका प्रहार गर्दै २ बलमा ५ रन बनएका सर्राफले लेग स्पिनर बिक्रम भुसालले गरेको ४९ औं ओभरको तेश्रो र पाँचौ बलमा छक्का हिर्काए। ४९ ओभर समाप्तिमा ७ बलमा २२ रन बनाएका सर्राफले ५० औं ओभरमा सौरभ खनाल बिरुद्ध अझ आक्रामक ब्याटिंग गरे। खनालले गरेको पहिलो ३ बलमा सर्राफले छक्का हिर्काए। त्यसपछि चौथो र पाँचौ बलमा २/२ रन लिएका उनलाई अन्तिम बलमा अर्धशतक पुरा गर्न ६ रन आवस्यक रहेको थियो। अन्तिम बलमा सर्राफले छक्का हिर्काउदै १३ बलमा अर्धशतक पुरा गरे।

सर्राफको इनिंग्स : १ , ४ , २ , ६ , २ , ६ , १ , ६ , ६, ६ , २ , २ ६

खेलको ४० ओभरमा १७८ रन बनाएको पुलिसले अन्तिम १० ओभरमा १३२ रन बनायो। यस्तै अन्तिम ५ ओभरमा पुलिसले ८२ रन बनायो।

यस अघि पुलिसका ओपनिंग ब्याट्सम्यान सुनिल धमलाले घरेलु क्रिकेटमा पहिलो शतक बनाउने क्रममा १४५ बलमा ७ चौका र १ छक्का मद्दतले १०४ रन बनएका थिए। यस्तै दिपेन्द्र ऐरीले ६१ बलमा ६ छक्का र १ चौका मद्दतले ८५ रन बनाए।

खेलको स्कोरकार्ड 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]