प्रम कप : बागमतीको लगातार तेश्रो जित, पृथुको उत्कृस्ट लय

प्रदेश नम्बर-२ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता गरेको छ। प्रदेश-२ ले लगातर दोश्रो हार बेहोर्यो। बागमतीले यस अघि नेपाल पुलिस क्लब र सुदूरपश्चिमलाई पराजित गरेको थियो। ३ जित सहित अंकतालिकामा बागमती शिर्षस्थानमा रहेको छ।

माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले दिएको १८० रनको लक्ष्य बागमतीले ४ विकेट गुमाएर ४८.४ ओभरमा पुरा गर्यो।

बागमतीको लागि पृथु बास्कोटाले सर्वाधिक ५३ रन बनाए जुन क्रममा ७५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। बास्कोटाले सुदूरपश्चिम बिरुद्ध ८४ तथा पुलिस बिरुद्ध अविजित ४८ रन बनाएका थिए। यस्तै बिभत्सु थापाले ४७ रन, आकाश थापाले ३२ रन तथा इशान पाण्डेले १५ रन बनाए।

ओपनर आदील खान ५ रन बनाएर आउट भए पछि अर्का ओपनर आकाश थापाले बिभत्सु थापासंग दोश्रो विकेटको लागि ४७ रनको साझेदारी गरेका थिए। आकाशलाई २२ औं ओभरमा कुमार थापाले एलबिडब्लु आउट गरे। अर्धशतक बनाउन ३ रनले चुक्दै बिभत्सु ३६ औं ओभरमा हरिशंकर शाहबाट बोल्ड भए।

चौथो विकेटको लागि पृथु बास्कोटा र इशान पाण्डेले ३६ रनको सझेदरी गरे। ४६ औं ओभरमा इशानलाई हरिशंकरले बोल्ड गरे पछि पृथुले ज्ञानेन्द्र मल्लसंग अविजित रहँदै टिमलाई जित दिलाए। बास्कोटाले चौका प्रहार गर्दै अर्धशतक र जित समेत दिलाए।

प्रदेश-२ को बलिंगमा हरिशंकर शाहले २ विकेट तथा बिशाल सुश्लिंग र कुमार थापाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-२ ले ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाएको थियो।

बिबेक यादबले अर्धशतक बनाए

प्रदेश-२ को लागि बिबेक यादबले दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ६६ रन योगदान दिए। उनले ७४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कुमार थापाले २२ रन, राहुल प्रताप सिंहले १८ रन तथा सुधिर चौधरीले १५ रन बनाए।

एक समय ६९ रनको योगफलमा ७ विकेट गुमाएको प्रदेश-२ को इनिंग्सलाई त्यसपछि विवेक यादवले सम्हालेका थिए। नवौं नम्बरमा ब्याटिंग गर्न आएका यादबले आठौँ विकेटको लागि राहुल प्रताप सिंहसंग ५३ रनको साझेदारी गरे। राहुल आउट भएपछि उनले कुमार थापासंग ३६ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराए। यादब ४९ औं ओभरमा रन आउट हुन पुगे।

बागमती प्रदेशको बलिंगमा गौतम केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै २९ रन खर्चिए। रामनरेश गिरिले २ तथा नन्दन यादब, तिलक भण्डारी र बिपिन आचार्यले समान १ विकेट लिए।

स्कोरकार्डअंकतालिकाखेलतालिका 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]