प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा खेलमा पराजित हुँदै सेमीफाइनल रेसबाट बाहिर भैसकेको थियो। प्रदेश-२ पनि लगातार तेश्रो हार पछि प्रतियोगिताबाट बाहिर भएको छ।

स्कोरकार्डअंकतालिका 

टियु मैदानमा प्रदेश-२ ले दिएको १९६ रनको लक्ष्य सुदूरपश्चिमले ७ विकेट गुमाएर ३३ ओभरमा पुरा गर्यो।

सुदूरपश्चिमको लागि संजु दमाईले सर्वाधिक ५७ रन बनाए जुन क्रम मा ३५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै खडक बोहराले ४३ रन, गजेन्द्र बोहराले ३९ रन तथा अरुण ऐरीले १९ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहरा र खडक बोहराले ७८ रनको साझेदारी गरेका थिए। १५ औं ओभरमा गजेन्द्र आउट भए पछि दोश्रो विकेटको लागि खडकले संजु दमाईसंग ७८ रनको साझेदारी गरे। खडक र संजु आउट भएपछि सुदूरपश्चिमले लगातार विकेट गुमायो। जितको लागि ४ रन आवस्यक हुँदा सुदूरपश्चिमले थप ४ विकेट गुमायो।

संजु दमाई

प्रदेश-२ को बलिंगमा कुमार थापाले सर्वाधिक ३ विकेट लिए। हरिशंकर शाहले २ तथा, बिबेक यादब र रभी शाहले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९५ रन बनाएको थियो।

प्रदेश-२ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ६० रन बनाए जुन क्रममा ७३ बलमा ९ चौका प्रहार गरे। यस्तै बिबेक यादवले ४१, महबुब आलमले २३ रन योगदान दिए।

सुदूरपश्चिम प्रदेशको बलिंगमा शेर मल्ल र नरेन्द्र साउदले समान ३ विकेट लिए। अरुण ऐरीले २ विकेट लिए भने भोजराज भट्ट र हेमन्त धामीले समान १ विकेट हात पारे।

स्कोरकार्डअंकतालिका 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]