राष्ट्रिय क्रिकेट टिमले कतारसंग टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

२०७७ माघ १३, मंगलवार १९:१५

नेपाली राष्ट्रिय क्रिकेट टिमले फेब्रुवरी ९ देखि १२ तारिख सम्म ( माघ २७ देखि ३० गते ) कतारसंग मैत्रीपूर्ण टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघले मंगलबार प्रेस बिज्ञप्ति जारि गर्दै कतार क्रिकेट एसोसिएसनको निम्तो स्वीकार्दै ‘कतार स्पोर्ट्स डे’ को अवसरमा आयोजना गर्ने द्विपक्षीय टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने घोषणा गरेको हो। सिरिज अन्तर्गत नेपाल र कतार राष्ट्रिय टिमले तिन वटा टि-२० अन्तर्राष्ट्रिय खेल्नेछन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गत वर्ष मार्चमा थाईल्याण्डमा आयोजित एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगिता खेलेको थियो। त्यसपछि पहिलो पटक राष्ट्रिय टिम मैदान उत्रने भएको छ। कतार भ्रमण पछि नेपाली राष्ट्रिय टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आगामी खेल ओमानमा अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजबाट गर्नेछ।

क्यानले जारी गरेको बिज्ञप्तिमा विश्वकप लिग-२ र कतार भ्रमणको तयारी स्वरुप फेब्रुवरी १ तारिख ( १९ माघ ) देखि गर्ने भएको छ। टिमको प्रशिक्षणको लागि नवनियुक्त मुख्य प्रशिक्षक डेभ व्हाटमोर नेपाल आइपुगीसकेका छन्।

प्रधानमन्त्री कपको पुरस्कार राशी घोषणा 

क्यानको मंगलबार सम्पन्न बैठकले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको पुरस्कार राशि घोषणा गरेको छ।

प्रधानमन्त्री कपको विजेता टिमले १० लाख रुपैयाँ तथा उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै सेमीफाइनल पुग्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ५० हजार रुपैयाँ, उत्कृस्ट बलर र ब्याट्सम्यानले २५ हजार रुपैयाँ तथा सेमीफाइनल र फाइनल खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रधानमन्त्री कपको पुरस्कार राशि यो पटक अघिल्लो संस्करण भन्दा आधा कम भएको छ। गत संस्करणको विजेता टिमले २० लाख तथा उपविजेता टिमले १० लाख रुपैयाँ प्राप्त गरेको थियो।

प्रधानमन्त्रि कपको सेमीफाइनल खेल बुधबार देखि सुरु हुँदैछ। पहिलो सेमीफाइनलमा बुधबार नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले तथा दोश्रो सेमीफाइनलमा बिहिबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार खेलिनेछ

सम्बन्धित :-

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy