टि-१० लिग : पहिलो खेलमै सोमपालले पाए मौका

२०७७ माघ १५, बिहीबार १७:५०

युनाइटेड अरब इमिरेट्समा चौथो सिजनको अबु धाबी टि-१० लिग सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा नेपाली फास्ट अलराउण्डर सोमपाल कामि आबद्ध टिम तथा डिफेन्डिङ च्याम्पियन समेत रहेको मराठा अरबियन्सले नर्थर्न वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ। मराठाको कप्तान पाकिस्तानी क्रिकेटर शोयब मालिक हुन् भने नर्थर्न वारियर्सको कप्तानी वेस्टइन्डिज क्रिकेटर निकोलस पुरनले गर्दैछन्।

खेलमा टस जितेर मराठाले फिल्डिंग रोजेको छ। खेल नेपाली समय ५:४५ बजे बेलुका सुरु हुँदैछ।

मराठाले नेपाली अलराउण्डर सोमपाल कामिलाई पहिलो खेलमै अन्तिम-११ मा मौका दिएको छ। सोमपालले मराठाको लागि डेब्यु क्याप पाएका छन्।

मराठा अरबियन्सको अन्तिम ११ : मोहम्मद हफिज, लौरी इभान्स, मोसदेक हुसेन ( कप्तान ) , जाभेद अहमादी, अब्दुल बंगाश ( विकेटकिपर ) , प्रभिन ताम्बे, इशान मलहोत्रा, सोमपाल कामि, मुह्तर अलि, सोहाग गाजी, यामिन अहमदजाई,

नर्थर्न वारियर्सको अन्तिम ११ : रोभम्यान पावेल, लेन्डल सिमोन्स, ब्रेण्डन किंग, वाहिद एहमद, निकोलस पुरन ( कप्तान/विकेटकिपर ) , रायद इम्रित, फाबीयन एलेन, वायन पार्नेल, वाहब रियाज, जुनेद सिद्दिकी, महेश थिकसहाना

प्रतियोगिता खेल्न सोमपाल कामि सहित अन्य २ नेपाली खेलाडीहरु करन केसी र कुशल मल्ल पनि छनोट भएका छन्। करन पुने पुने डेभिल्स टिममा आबद्ध छन् भने कुशल टिम अबुधाबीमा आबद्ध गरेका छन्। तिन जना क्रिकेटर पहिलो पटक टि-१० लिग खेल्न छनोट भएका हुन्। सोमपाल बाहेक करन र कुशल पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्। सोमपालले यस अघि ग्लोबल टि-२० लिग क्यानडा खेलेका थिए। यस्तै राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कुशल मल्ल आबद्ध टिम अबु धाबीको मेन्टरको रुपमा आबद्ध रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy