टि-१० लिग : करन केसीले पुनेबाट डेब्यु गर्दै

२०७७ माघ १५, बिहीबार २०:०८

युनाइटेड अरब इमिरेट्स ( युएई ) मा आज सुरु भएको ‘अबु धाबी टि-१० लिग’ अन्तर्गत दिनको दोश्रो खेलमा नासिर हुसेन कप्तानीको पुने डेभिल्स र काइरन पोलार्ड कप्तानीको डेक्कन ग्ल्याडीएटर्सले प्रतिस्पर्धा गर्दैछन्। पुने डेभिल्स टिममा नेपालका अलराउण्डर करन केसी पनि आबद्ध रहेका छन्।

खेलमा टस जितेर करन केसी आवद्ध टिम पुने डेभिल्सले फिल्डिंग रोज्दै डेक्कन ग्ल्याडीएटर्सलाई ब्याटिंगको निम्तो दिएको छ। खेलमा पुनेले नेपाली अलराउण्डर करन केसीलाई अन्तिम-११ मा मौका दिएको छ। पहिलो दिन सोमपाल कामि पछि करन केसीले पनि अन्तिम-११ मा मौका पाएका हुन्।

Pune Devils (Playing XI): Tom Kohler-Cadmore, Darwish Rasooli, Kennar Lewis, Asif Khan, Chadwick Walton(w), Nasir Hossain(c), Mohammad Amir, Hardus Viljoen, Sam Wisniewski, Karan KC, Munis Ansari

लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा अर्का नेपाली क्रिकेटर सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्सले नर्थर्न वारियर्सलाई पराजित गर्दै विजयी सुरुवात गर्यो। खेलमा सोमपाल विकेटविहिन रहने क्रममा २ ओभर बलिंग गर्दै २८ रन खर्चिए।

प्रतियोगितामा सोमपाल कामि र करन केसी सहित अर्का नेपाली युवा ब्याट्सम्यान कुशल मल्ल टिम अबु धाबीको प्रतिनिधित्व गरिरहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy