प्रम कप फाइनल : अविनाशले उत्कृस्ट बलिंग गर्दा आर्मीको मध्यम योगफल

प्रधानमन्त्री कप एकदिवसीय रष्ट्रिय प्रतियोगिता अन्तर्गत फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर एपीएफले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाउदै आर्मीलाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आर्मीको लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए १०२ बलमा ६ चौका प्रहार गरे। राजेश पुलामीले २८ रन, शाहब आलमले अविजित २५ रन, लोकेश बमले १५ रन रोहित पौडेल र सुशन भारिले समान १३ रन तथा अनिल मण्डल र बिक्रम सोबले समान ११ रन बनाए। भिम शार्की र बिनोद भण्डारीले समान ७ रन बनाए।

ओपनिंग ब्याटिंग गरेका सुशन भारि र अनिल मण्डलले पहिलो विकेटको लागि ३२ रनको साझेदारी गरे। नवौं ओभरमा भारिलाई किशोर महतोले विकेट पछाडी आउट गराए। त्यसपछि लगत्तै ओभरमा अनिल मण्डललाई अविनाश बोहराले स्लिपमा क्याच आउट गराए। भिम शार्की पनि १८ औं ओभरमा बोहराबाट विकेटपछि क्याच आउट हुँदा आर्मी दबाबमा आयो।

अविनाश बोहरा

त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका हरि चौहानले एक किनार सम्हालेर ब्याटिंग गरे। त्यस क्रममा २७ औं ओभरमा रोहित पौडेललाई भुवन कार्कीले तथा ३४ औं ओभरमा बिनोद भण्डारीलाई कमल ऐरीले पेभेलियन फर्काए। छैठौं विकेटको लागि हरि र राजेश पुलामीले ४४ रनको साझेदारी गरे। ४४ औं ओभरमा पुलामीलाई किशोर महतोले कट एण्ड बोल्ड गरे। लोकेश बम पनि ४५ औं ओभरमा अविनाश बोहराबाट क्याच आउट हुन पुगे। ४७ औं ओभरमा हरि चौहानलाई अविनाश बोहराले क्याच आउट गराए। तल्लो क्रममा शाहब आलमले केहि आक्रामक सट खेल्दै टिमको योगफल २ सय पार गराए।

प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गरेको थियो।

एपीएफको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै २५ रन खर्चिए। किशोर महतोले २ विकेट लिंदा कमल ऐरी र भुवन कार्कीले समान १ विकेट लिए।

स्कोरकार्ड हेर्नुस 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]