टि-१० लिग : पुने टस हारेर ब्याटिंग गर्दै, करन खेल्दै

२०७७ माघ १९, सोमबार १७:३३

Karan KC

अबुधाबी टि-१० लिग अन्तर्गत सोमबार देखि दोश्रो चरण सुपर लिग चरण सुरु हुँदैछ। सुपर लिग चरणको पहिलो खेलमा समुह ‘बि’ को चौथो स्थानमा रहेको पुनेले समुह ‘ए’ को तेश्रो स्थानमा रहेको बांग्ला टाइगर्ससंग प्रतिस्पर्धा गर्दैछ। समुह चरणमा पुने र बांग्ला दुवै टिमले ३ खेलमा १ जित र २ हार बेहोर्दै २ अंक मात्र बटुल्न सकेका थिए।

शेख जायद स्टेडीएममा दिल्ली बुल्सका कप्तान आन्द्रे फ्लेचर टस जितेर पुनेलाई पहिले ब्याटिंगको निम्तो दिएका छन्। खेल नेपाली समय ५:४५ बजे बेलुका सुरु हुँदैछ।

खेलमा पुनेले लगातार चौथो खेलमा नेपाली फास्ट बलर करन केसीलाई अन्तिम-११ मा मौका दिएको छ।

पुने डेभिल्सको अन्तिम ११ : केनर लुइस, टम कोह्लर, चाडविक वाल्टन, एलेक्स डेभिस, डेभोन थोमस, नासिर होसेन ( कप्तान ) , करन केसी, हर्दुस भिलजोएन, मोहम्मद आमिर, मोनिर होसेन, एहमद राजा

दिल्ली बुल्सको अन्तिम ११ : जोन्सन चार्ल्स, आन्द्रे फ्लेचर ( कप्तान ) , अफिफ होसेन, चिराग सुरी, टम मुरेस, करिम जनत, जर्ज गार्टन, कैस एहमद, मुजिब उर् रहमान, मथिसा पथिराना, फजल्हक फारुकी

लिग अन्तर्गत अघिल्लो खेलमा करन केसीले क्रिस गेलको विकेट आफ्नो नाम गरेका थिए। गेललाई बोल्ड गर्दै उनले लिगमा व्यक्तिगत मात्र नभई नेपाली खेलाडीकै खाता खोलेका थिए। ३ खेल खेल्दा करनले १ विकेट मात्र लिन सकेका छन्। पहिलो खेलमा करनले डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभर बलिंग गर्दै १७ रन खर्चेका थिए , यस्तै दोश्रो खेलमा कलन्दर्स बिरुद्ध १ ओभरमा मात्र ९ रन खर्चेका थिए। तेश्रो खेलमा टिम अबुधाबी बिरुद्ध १ ओभर बलिंग गर्दा क्रिस गेलको विकेट लिंदै १८ रन खर्चेका थिए। 

लिग अन्तर्गत आजै कुशल मल्ल खेलाडी र पारस खड्का सल्लाहकारको रुपमा आवद्ध टिम अबुधाबीले नर्दर्न वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ८ बजे बेलुका सुरु हुनेछ। समुह चरणमा टिम अबुधाबी समुह ‘बि’ मा ३ खेलमा १ जित र २ हार पछि दोश्रो स्थानमा रहेको थियो भने नर्दर्न ३ खेलमा २ जित र १ हार पछि समुह ‘ए’ को शिर्ष स्थानमा रहेको थियो। नेपाली ब्याट्सम्यान कुशल मल्लले हालसम्म अन्तिम-११ मा स्थान बनाउन सकेका छैनन्।

अर्का नेपाली खेलाडी सोमपाल कामि आवद्ध रहेको टिम मराठा अरबियन्सले सुपर लिग चरणमा आगामी खेल मंगलबार बेलुका ५:४५ बजे कलन्दर्स बिरुद्ध खेल्नेछ। मंगलबार राति ८ बजे पुने डेभिल्सले दिल्ली बुल्ससंग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy