फोटोहरुमा हेर्नुस कसरि हुँदैछ राष्ट्रिय क्रिकेट टिमको बन्दप्रशिक्षण

२०७७ माघ २६, सोमबार २१:१८

राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक डेभ व्हाटमोर मार्च १९ देखि २८ सम्म ओमानमा आयोजना हुने आयोजक ओमान, नेपाल र अमेरिका सम्मिलित विश्व-कप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको लागि राष्ट्रिय क्रिकेटरहरुलाई प्रशिक्षण गर्न टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा व्यस्त छन्।

नेपाल क्रिकेट संघले ( क्यान ) गत साता बिहिबार ३२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गर्दै शनिवार देखि २१ खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको थियो। पहिलो चरणमा राष्ट्रिय टिमको लागि खेलीसकेका युवा खेलाडीहरु तथा पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाउन सफल खेलाडीहरु अभ्यासरत रहेका छन्। बुधबार सम्म २१ जनाले प्रशिक्षण गर्नेछन् जसपछि खेलाडी घटाएर बाँकी ११ जना खेलाडीहरुलाई पनि समाबेश गर्दै दोश्रो चरणको बन्द प्रशिक्षण सुरु हुनेछ।

बन्द प्रशिक्षणमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीहरुलाई समावेश गरिएको छ। उत्कृस्ट ब्याट्सम्यान चुनिएका बागमती प्रदेशबाट खेलेका पृथु बास्कोटा सहित बागमतीबाट फास्ट बलर रामनरेश गिरि, लुम्बिनी प्रदेशका ब्याट्सम्यान सौरभ खनाल तथा लुम्बिनीका अलराउण्डर कृष्ण कार्की, प्रदेश-२ का ब्याट्सम्यान हरिशंकर शाह र बिबेक यादब, कर्णाली प्रदेशका फास्ट बलर अनुज चुनारा, सुदूरपश्चिमका ब्याट्सम्यान खड्ग बहादुर बोहरा, गण्डकी प्रदेशका ब्याट्सम्यान अर्जुन कुमाल टिममा स्थान बनाउन सफल भएका छन्। यादब, चुनारा, बोहरा र कुमाल पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी भएका हुन्।

यस्तै विभागीय टोलि त्रिभुवन आर्मी क्लबका फास्ट बलर बिक्रम सोब, अलराउण्डर राजेश पुलामी, ब्याट्सम्यान रोहित पौडेल, देब्रे हातेस्पिनरद्वय सुशन भारि र शाहब आलम टिममा छन्। नेपाल पुलिस क्लबका ब्याट्सम्यान सुनिल धमला र कुशल भुर्तेल, अलराउण्डर पवन सर्राफ तथा देब्रे हाते स्पिनर ललित राजबंशी टिममा छन्। यस्तै एपीएफ क्लबका ब्याट्सम्यान सन्दिप जोरा र आसिफ शेख, फास्ट बलर कमल सिंह ऐरी टिममा छन्।

प्रशिक्षक व्हाटमोरले बन्द प्रशिक्षण राम्रोसंग अघि बढीरहेको र खेलाडीहरु सिक्नको लागि उत्सुक रहेको बताए। खेलाडीहरुको लागि मैदानमा मात्रै नभई मानसिक रुपमा समेत तयार बनाउने आफ्नो उद्देश्य रहेको उनि बताउछन्।

पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरु :- पृथु बास्कोटा, रामनरेश गिरी, रोहितकुमार पौडेल, पवन सर्राफ राजेश पुलामी मगर, विक्रम सोब, सुनील धमला, शाहाब आलम, सौरभ खनाल, कृष्ण कार्की, हरिशंकर शाह, सुशन भारी, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कमल सिंह ऐरी, विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा, खड्ग बोहरा ।

दोश्रो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरु :- ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, पारस खड्का, शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।

https://www.youtube.com/watch?v=7Lg50KRmJec

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy