प्रधानमन्त्री कपमा ठुला खेलाडीहरु नखेले स्पस्टिकरण सोधिने

२०७६ बैशाख २४, मंगलवार १३:२९

  • विकेटनेपाल, बैशाख-२३

जेठ-१ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ठुला खेलाडीहरु नखेले स्पस्टिकरण सोधिने बताएपछि नेपाली क्रिकेट प्रेमीहरु माझ नयाँ वहसको थालनी भएको छ।

आइतबार राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने सर्वाधिक धनराशीको एकदिवसीय क्रिकेट प्रतियोगिता प्रधानमन्त्रि कपको तेश्रो संस्करणको घोषणा भयो। जेठ १ गते देखि २४ गतेसम्म आयोजना हुने प्रधानमन्त्रि कपको घोषणा कार्यक्रममा परिषदका सदस्य सचिब केशब बिस्टले विशेष कारण बाहेकको अवस्थामा राष्ट्रिय खेलाडीहरुले प्रतियोगितामा सभागिता जनाउने नत्र स्पस्टिकरण सोध्ने बताए- ‘बीचमा ठूलै अन्तर्राष्ट्रिय खेल भएमा खेल्न दिनुपर्छ। अन्यथा उनीहरुले नखेलेमा हामी स्पष्टिकरण सोध्नेछौँ।’ विष्टले भने।

गत संस्करणको प्रधानमन्त्रि कपमा राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर तथा सन्दिप लामिछानेले पनि प्रधानमन्त्रि कप खेलेका थिएनन्।

भर्खरै सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा समेत पारस र ज्ञानेन्द्रले अन्य तालिका नहुँदा पनि सहभागिता जनाएनन्। पारस खड्काले त धनगढी प्रिमियर लिग टि-२० पनि खेलेनन् भने ३ वर्षको लागि भएको अक्सनमा समेत सहभागी नहुँदा आगामी २ संस्करण पनि डिपीएल नखेल्ने निश्चित जस्तो छ।

शरदले भने एपीएफको प्रतिनिधित्व गरे। बसन्त रेग्मी भने नियमित एपीएफबाट खेलीरहेका छन्। अन्य राष्ट्रिय क्रिकेटरहरु बिभागको प्रतिनिधित्व गरेर घरेलु क्रिकेटमा खेलीरहेका छन्।

नेपालमा आयोजना हुने एकमात्र एकदिवसीय प्रतियोगितामा ठुला खेलाडीहरु नखेल्दा प्रतियोगिताको महत्व घट्ने गर्छ। पारस, ज्ञानेन्द्र जस्ता खेलाडीहरु नखेल्दा प्रतियोगिताको चर्चामा समेत प्रत्यक्ष प्रभाव पर्ने गरेको छ।

बिभाग या प्रदेश , कुन टिमबाट खेल्लान स्टार खेलाडीहरु ?

राष्ट्रिय खेलकुद परिषदले खेलाडीहरुसंग स्पस्टिकरण सोध्ने भन्दै स्टार खेलाडीहरुलाई प्रतियोगिता खेल्न दबाब दिंदा पारस खड्का, ज्ञानेन्द्र मल्ल कुन टिमबाट प्रधानमन्त्री कप खेल्नेछन् भन्ने पनि प्रश्न उब्जिएको छ।

आईपीएल पनि अब सकिन केहि दिन मात्रै बाँकी हुँदा सन्दिप लामिछानेले पनि यो पटक फुर्सद पाउनेछन्। सन्दिपले आईपीएल पछि आराम गर्नेछन् या नेपालको घरेलु क्रिकेट खेल्नेछन् त्यो हेर्न लायक हुनेछ। गत सिजन सन्दिप नेपालमा प्रधानमन्त्रि कप भएको बखत आएता पनि खेल भने खेलेनन्।

शरद एपीएफको लागि पछिल्लो समय खेलीरहेका छन् भए करन केसीले आठौँ राष्ट्रियमा प्रदेश-४ को प्रतिनिधित्व गरे। सन्दिप, पारस र ज्ञानेन्द्रले पछिल्लो पटक घरेलु क्रिकेटमा विभागीय टोलि शशस्त्र प्रहरी बल एपीएफबाट खेलेका थिए। ३ जनानै पछिल्लो समय एपीएफबाट खेलेका छैनन् र उनीहरु अनुबन्धमा समेत नभएको निश्चित छ।

यो अवस्थामा यदी पारस, ज्ञानेन्द्र, सन्दिपले प्रधानमन्त्रि कप खेलीहाले फेरी एपीएफबाटै खेल्नेछन् या प्रदेशको टिममा फर्किनेछन् हेर्न रोचक हुनेछ। दुवै खेलाडी प्रदेश-३ को प्रतिनिधित्व गर्न सक्छन्। पछिल्लो समय एपीएफ छोडेर राष्ट्रिय टिमका फास्ट बलर करन केसी प्रदेश-४ ( गण्डकी प्रदेश ) बाट घरेलु क्रिकेट खेलीरहेका छन्।

पारस, करन, ज्ञानेन्द्र , सन्दिप जस्ता खेलाडीहरुले पछिल्लो समय एपीएफबाट नखेल्दा एपीएफले टिममा युवा खेलाडीहरु सुमित महर्जन, शंकर राना, अमर सिंह रौटेला, सन्दिप जोरा, कमल सिंह ऐरी जस्ता खेलाडीहरुलाई अनुबन्ध गरेको छ।

यो अवस्थामा पारस जस्ता खेलाडीहरुले यदी प्रदेशको टिमबाट खेल्ने मनसाय बनाउनेछन् भने सधैं विभागीय टिमको बर्चस्व रहने नेपाली घरेलु क्रिकेटमा प्रदेशको टिम पनि बलियो हुनेछ। बिभागलाई प्रदेशले चुनौती दिए प्रतियोगितामा रोमान्चकता थपिनेछ भने खेल थप प्रतिस्पर्धात्मक हुन्छ अनि अर्कोतर्फ प्रदेशका खेलाडीहरुको मनोबल पनि बढ्नेछ।

किन खेल्दैनन् पारस, ज्ञानेन्द्र, सन्दिप ?

२-३ वर्ष अघिसम्म नेपालमा प्रतियोगिता आयोजना नहुँदा खेलाडीहरुले गुनासो गर्ने गर्थे। तर पछिल्लो समय घरेलु क्रिकेटका ठुला प्रतियोगिताहरुमा खेलाडीहरु खेल्न मन नगर्नाले नखेल्ने कारण किन भन्ने पनि प्रश्न उठेको छ। सन्दिप लामिछाने अन्तर्राष्ट्रिय लिगमा व्यस्त रहेको कारण प्रमुख हो भने पारस खड्का र ज्ञानेन्द्र मल्ल भने नखेल्नुको कारणमा प्रश्नचिन्ह छ।

यो सिजन धनगढी प्रिमियर लिगमा पारस खड्का अक्सनमै सहभागी भएनन्। अक्सन ३ वर्षको लागि थियो र पारसले व्यक्तिगत कारणले नभ्याउने भन्दै नामनै दर्ता गराएनन्। नेपालमै अक्सन र फ्रेंचाइज लिग सुरु गर्ने डिपीएलमा पारस नखेल्दा प्रतियोगितालाई प्रत्यक्ष नोक्सान भयो भने त्यसले आयोजकलाई पनि दुरुत्साहन हुन पुग्यो। अब ३ वर्ष डिपीएलमा पारस खड्का नदेखिने पक्का जस्तै छ।

अर्को तिर ज्ञानेन्द्र मल्लको टिम काठमाडौँ गोल्डेनले प्रतियोगिताको प्ले-अफ खेलनै बहिस्कार गर्दै नाटकियरुपमा डिपीएलबाट हात झिक्यो। ज्ञानेन्द्र एपीएफबाट पनि पछिल्लो समय खेलीरहेका छैनन् भने डिपीएलमा पनि अब अर्को संस्करण नखेल्ने सम्भावना देखिएको छ। पारस र ज्ञानेन्द्र दुवैले एभरेस्ट प्रिमियर लिगको पनि खुलेरै आलोचना गरेका थिए।

दुवै खेलाडीले घरेलु क्रिकेटमा चासो नदेखाउनुको कारण उनीहरुले सुरु गरेको पोखरा प्रिमियर लिगलाई मानिएको छ। पारस, ज्ञानेन्द्रको समेत संलग्नता रहेको क्विन्स इभेन्ट्सले पोखरा प्रिमियर लिग र अब महिला क्रिकेटको समेत फ़्रेन्चाइज लिग घोषणा गरिसकेको छ।

आफ्नो लिगलाई बढी महत्व दिन अन्य लिग नखेल्ने र आलोचना गर्ने भनेर दुवै आलोचित हुँदै आएका छन्। जसलाई दुवै खेलाडीले नकार्ने गरे पनि घटनाक्रमले त्यस्तै इंगित गर्न थालेको छ। ३ वर्षको लागि हुने डीपीएल अक्सननै छोड्नु , एभरेस्ट प्रिमियर लिगको खुलेर ठुलो आलोचना गर्नु , ज्ञानेन्द्रको टिमले डिपीएल बहिस्कार गर्नु, ज्ञानेन्द्रले पनि इपिएलको खुलेरै आलोचना गर्नु जस्ता घटना क्रममा पारस र ज्ञानेन्द्रको उद्देश्यमा प्रश्न चिन्ह उठेको छ।

दुवैले क्विन्स इभेन्ट्सलाई प्राथमिकतामा राखेर त्यसमा समय दिंदा घरेलु लिगमा खेल्नु भन्दा त्यो समय आफ्नो प्रतियोगिताको लागि पो खर्चिने हो कि भन्ने मनसाय हुनसक्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy