आईपीएल अक्सन : नेपालबाट सन्दिपलाई मात्र बोलि लाग्ने, बेस प्राईस ४० लाख भारु

२०७७ माघ २९, बिहीबार २३:००

यही फेब्रुअरी १८ तारिखमा भारतको चेन्नाईमा आयोजना हुने इन्डियन प्रिमियर लिग ( आईपीएल ) को मिनी अक्सनमा २९२ क्रिकेटर माथि बोलि लाग्ने भएको छ।

आईपीएलले बिहिबार राति प्रेस बिज्ञप्ति जारि गर्दै कुल १,११४ जनाले अक्सनको लागि नाम दर्ता गरेता पनि अक्सनमा सहभागी हुने आईपीएलका ८ वटा फ़्रेन्चाइजहरुले रुची देखाएका खेलाडीहरुको आधारमा खेलाडी संख्या घटाइएको बताएको छ। टिमहरुले आफुले बोलि लगाउन चाहेका खेलाडीहरुको सुची दिएपछि उनीहरुलाई मात्र अक्सनमा बोलि लाग्नेछ।

नेपालबाट अक्सनको लागि सन्दिप लामिछाने सहित बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, कुशल मल्ल, शरद भेसावकर, अविनाश बोहरा र दिपेन्द्र ऐरीले अक्सनमा नाम दर्ता गराएका थिए। नेपाल क्रिकेट संघमार्फत खेलाडीहरु दर्ता भएका थिए। पहिलो पटक सन्दिप बाहेक अन्य खेलाडीहरु आईपीएलमा दर्ता भएता पनि सन्दिप बाहेक अन्य खेलाडीमा टिमहरुले चासो नदेखाएका हुन्।

आईपीएलले बोलकबोलमा प्रस्तुत हुने खेलाडीको संख्या घटाउदा नेपालबाट सन्दिप लामिछाने मात्र अन्तिम सुचीमा स्थान बनाउन सफल भएका छन्। आईपीएलले जारि गरेको सुचीमा सन्दिपको नाम ६१ औं नम्बरमा रहेको छ।

आईपीएलको मिनी अक्सन फेब्रुअरी १८ तारिखमा अओजना हुनेछ

सन्दिपले यो पटक आफ्नो बेस प्राइस ४० लाख भारतीय रुपैयाँ ( ६४ लाख नेपाली रु. ) राखेका छन्। २०१८ मा सन्दिपलाई दिल्लीले प्रति सिजन २० लाख भा.रु. दिने गरि अक्सनमार्फत टिममा भित्र्याएको थियो। यो सिजन सन्दिपलाई टिमहरुले ४० लाख भारुबाट बोलि लगाउन सुरु गर्नेछन्। दिल्लीसंग ३ वर्षे अनुबन्ध अवधि समाप्त भए पछि यो सिजन दिल्लीले नेपाली स्पिनरलाई फुकुवा गरेको थियो।

सन्दिप एसोसिएट राष्ट्रबाट यो सिजन आईपीएल अक्सनमा स्थान बनाउने मात्र तेश्रो क्रिकेटर हुन्।अमेरिकाका अलि खान युएईका कार्तिक मैयेप्पा अन्य २ क्रिकेटर हुन्।

आईपीएलद्वारा जारि सुचीमा कुल १० जना खेलाडीको बेस प्राइस सबैभन्दा धेरै २ करोड भारु रहेको छ जसमा भारतका हरभजन सिंह र केदार जाधब रहेका छन् भने विदेशी खेलाडीहरु ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, शाकिब अल हसन, मोइन अलि, स्याम बिलिंग्स, लियाम प्लनकेट, जेसन रोय र मार्क वुडले सर्वाधिक बेस प्राइस राखेका छन्।

१२ जना खेलाडीको बेस प्राइस १.५ करोड भारु रहेको छ। यस्तै ११ जनाको १ करोड भारु, १५ जनाको ७५ लाख भारु, ६५ जनाको ५० लाख भारु बेस प्राइस रहेको छ।

अक्सनमा कुल ६१ खेलाडी जसमध्ये २२ जना विदेशी खेलाडीको लागि मात्र ठाउँ खालीरहेको छ। चेन्नाई र हैदरावादसंग सबैभन्दा कम १ स्थान, दिल्ली र कोलकातासंग २ स्थान, राजस्थानसंग ३ स्थान, मुम्बई र बैंगलोरसंग ४ स्थान तथा किंग्स-११ पन्जाबसंग ५ स्थान खालिरहेको छ। बैंगलोरले सर्वाधिक १३ खेलाडी, पन्जाबले ९ खेलाडी, कोलकाता र राजस्थानले ८ खेलाडी, चेन्नाईले ७ खेलाडी, दिल्लीले ६ खेलाडी तथा हैदरावादले ३ खेलाडी टिममा आवाद्ध गर्न सक्छ।

अक्सनमा खेलाडी लिनको लागि सबैभन्दा बढी रकम किंग्स-११ पन्जाबसंग रहेको छ जसले ५३.२ करोड भारु खर्च गर्न पौनेछ। रोयल च्यालेन्जर्स बैंगलोरले ३५.९ करोड भारु, राजस्थान रोयल्सले ३४.८५ करोड भारु, चेन्नाईले २२.९ करोड भारु, दिल्लीसंग १२.९ करोड भारु, हैदरावाद र कोलकाताले १०.७५ करोड भारु खर्च गर्न पाउनेछ।

यो पनि पढ्नुस 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy