आईपीएल अक्सन : बिक्रि भएनन् सन्दिप

२०७७ फाल्गुन ६, बिहीबार १८:०१

Sandeep Lamichhane ( Photo : Chris Whiteoak / The National )

आईपीएल २०२१ को भारतको चेन्नाईमा जारी मिनी अक्सनमा नेपाली स्पिनर सन्दिप लामिछाने अनसोल्ड भएका छन्।

४० लाख भारु बेस प्राइस राखेका सन्दिपलाई लिन कुनै पनि टिमले इच्छा नदेखाएका हुन्।

२०१८ मा पहिलो पटक आईपीएल खेल्न छनोट भएका सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटलले भित्र्याएको थियो। ३ सिजन दिल्लीमा बिताएपछि उनलाई दिल्लीको यो सिजन रिलिज गरेको थियो।

आईपीएलको युएईमा सम्पन्न पछिल्लो सिजन सन्दिपले कुनै पनि खेलमा अन्तिम-११ मा मौका पाएका थिएनन्। त्यस अघि पहिलो २ सिजनमा ८ खेल खेल्दा नेपाली स्पिनरले १३ विकेट आफ्नो नाम गरेका थिए।

जारि अक्सनमा अफगानिस्तानका स्पिनर मुजिब उर् रहमान र कैस एहमद पनि बिक्रि भएनन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy