पोखरामा अन्तर क्लब टि-२० प्रतियोगिता आयोजना हुने

२०७७ फाल्गुन १०, सोमबार १९:१५

‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ फागनु १७ देखि २६ गते सम्म पोखरा रंगशाला क्रिकेट मैदानमा सुपर जेनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिग–२०२१ हुने भएको छ ।

के.एन. स्पोर्टस् प्रालिको आयोजना तथा सुपर जेनरल कम्पनीको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा चितवन क्रिकेट टिम, सुपर जेनरल पोखरा–११, प्यालिगन्स तनहुँ, बाग्लुङ्ग क्रिकेट क्लव, स्याँग्जा क्रिकेट क्लव, बालुवाटार क्रिकेट क्लव काठमाण्डौ, मिक्समाण्डु क्लव काठमाण्डौ र इस्टर्न एकेडेमी चितवन गरि ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कमल थापाले जानकारी दिए ।

सहभागि टिमहरुलाई दुई पोलमा विभाजन गरि लिगका आधारमा प्रतियोगिता खेलाइने सो अवसरमा जानकारी दिइयो । दुई पोलबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सहित ट्रफि मेडल सर्टिफिकेट तथा द्वितिय टिमलाई ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्रदान गर्नेछन् । त्यसैगरि विधागत खेलाडीहरु सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स्म्यानलाई छुट्टाछुट्टै रुपमा आकर्षक पुरस्कार प्रदान गरिने छ भने हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले क्रिकेट विकासका लागि सञ्चालन हुन लागेको प्रतियोगितालाई सफल पार्न नेपाल क्रिकेट संघको तर्फबाट सहयोग रहने प्रतिबद्धता जाहेर गरे । त्यस्तै प्रतियोगिताका मुख्य प्रायोजक सुपर जेनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अलिले क्रिकेटमा राम्रो अनुभव संगालेका पोखराका पूर्व खेलाडीहरुको समुहले आयोजना गर्न लागेको प्रतियोगितामा मुख्य प्रायोजक गर्न पाउँदा खुसि लागेको बतए । उनले यो शुरुवात भएपनि लामो समयसम्म प्रतियोगितालाई निरन्तर सहयोग गर्ने बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले खेलाडीहरुकै समुहले सञ्चालन गर्न लागेको प्रतियोगितालाई सफल पार्न मिडियाले सकारात्म सहयोग गर्नुपर्नेमा जोड दिए । प्रतियोगिता संयोजक कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतियोगिताका टुर्नामेण्ट डाइरेक्टर विरेन्द्र पुनले पोखराको क्रिकेट विकासमा सरोकारवालहरुले त्यति धेरै चासो नदेखाएको भन्दै दुखेसो प्रकट गरे । खेलाडीले अपेक्षा राखे अनुसार संघहरु कृयाशिल नहुँदा खेलाडीहरुमा नैराश्यता छाएको उनले बताए ।

यसअघि कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिले प्रतियोगिताको मुख्य ट्रफि सार्वजनिक गरेका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy