क्रिकेट अस्ट्रेलियाले आगामी इन्डियन प्रियिमर लिगको दौरान आफ्ना खेलाडीहरुलाई विज्ञापनमार्फत बेटिंग , फास्ट फुड रेस्टुरेन्ट , अल्कोहल र टोबाको प्रवर्द्धन गर्न बन्देज लगाउने भएको छ।
१४ औं सिजनको इन्डियन प्रिमियर लिग अप्रिल दोश्रो साता सुरु हुनेछ जसमा स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, झाई रिचर्डसन जस्ता अस्ट्रेलियन खेलाडीहरु सहभागी हुनेछन्।
क्रिकबजका अनुसार भर्खरै क्रिकेट अस्ट्रेलियालाई उधृत गर्दै सबै आईपीएल फ़्रेन्चाइजहरुलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई)ले निर्देशक दिएको हो “पूर्ण टिम फोटोमा, भारतमा आईपीएल टिमको प्रायोजकद्वारा उपयोग गर्नको लागि या यस्तो कुनै पनि तस्बिरमा अल्कोहल, फास्ट फुड रेस्टुरेन्ट, बेटिंग र टोबाको प्रवर्द्धन हुने कुरा संलग्न नहुनु पर्नेछ।”
अस्ट्रेलियन बोर्डले अन्य बन्देजहरु पनि लगाएको छ। बिग ब्यास लिगमा संलग्न अथवा अस्ट्रेलियाको एउटा राज्य टिमको १ भन्दा बढी खेलाडी बिज्ञापन क्याम्पेनमा संलग्न हुन पाउने छैन। अर्थात् अस्ट्रेलियाको स्टेट न्यु साउथ वेल्स अथवा बिग ब्यास लिग टिम सिड्नी सिक्सर्सको दुई जना खेलाडी एउटा बिज्ञापन क्याम्पेनमा संलग्न हुन पाउने छैन।
आईपीएल २०२१ मा १९ जना ( स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, नाथन कुल्टर नाइल, झाई रिचर्डसन, राइली मेरेडीथ, बेन कटिंग, मोइसेस हेनरिक्स, ड्यान क्रिस्टीएन, जोश हेजलवुड, मार्कस स्टोइनिस, प्याट कमिन्स, क्रिस लिन, एडम जाम्पा, ड्यानियल स्याम्स, केन रिचर्डसन, जोश फिलिपे, एन्ड्रु टाई, डेभिड वार्नर र मिचेल मार्श ) अस्ट्रेलियन खेलाडीहरु बिभिन्न टिमहरुसंग आवद्ध रहेका छन्।
आईपीएलका केहि फ़्रेन्चाइजहरुले बिसीसीआईले यस्तो सर्तहरुलाई मन्जुरी दिएकोमा आश्चर्य प्रकट गरेका छन्। बिसीसीआईकै मुख्य प्रायोजकहरुमा बेटिंग र अल्कोहल प्रोडक्ट्सहरु रहेका छन्।
“अस्ट्रेलियन बोर्ड यो चाहदैन कि उसको आफ्नो प्रायोजकहरुको प्रतिस्पर्धी ब्रान्डको अर्को देशको लिगमा अस्ट्रेलियन खेलाडीबाट प्रवर्धन होस्” एक फ़्रेन्चाइज अफिसियलले प्रतिक्रिया दिने क्रममा बताए।
एउटा उदाहरणको लागि बिग ब्यास लिग केएफसीद्वारा प्रायोजित रहेको छ र क्रिकेट अस्ट्रेलिया यो चाहदैनकि एउटै टिमका दुई अस्ट्रेलियन खेलाडी म्याकडोनाल्ड अथवा सबवेको प्रवर्द्धन गरोस्।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/conway-chamkia-nz-win-wn21/
https://wicketnepal.com/psl-m4th-rep-wn21/
https://wicketnepal.com/gambhir-on-sandeep-ipl-mini-auc-wn21/
