पीएसएल : मुल्तानको हारको शिलशिला कायमै

२०७७ फाल्गुन १२, बुधबार ०७:३२

मुल्तान सुल्तान्सलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मीले पाकिस्तान सुपर लिगमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा पेशावर लाहोरसंग ४ विकेटले पराजित भएको थियो। लिगमा मुल्तानको यो लगातार दोश्रो हार हो भने पीएसएलमा लगातार छैठौं हार।

पाकिस्तानको कराची स्थित नेसनल स्टेडियममा सम्पन्न खेलमा मुल्तानले दिएको १९४ रनको लक्ष्य पेशावरले १ ओभर बाँकी रहँदै ४ विकेट क्षेतीमा पुरा गरेको हो।

पेशावरको लागि टम कोहलरले सर्वाधिक ३२ बलमा ५३ रन, इमाम उल हकले ३९ बलमा ४८ रन, कामरान अकमलले २४ बलमा ३७ रन तथा हैदर अलिले ८ बलमा अविजित २४ रन बनाए। शोयब मलिकले अविजित ११ रन बनाए।

इमामले पहिलो विकेटको लागि अकमलसंग ५७ रनको तथा दोश्रो विकेटको लागि कोहलरसंग ७७ रनको साझेदारी गरेका थिए। अन्तिम ४ ओभरमा ३८ रन आवस्यक हुँदा हैदर अलिले आक्रामक सटहरु खेल्दै टिमलाई ६ बल बाँकी रहँदै जित दिलाएका थिए।

मुल्तानको बलिंगमा शाहनवाज धानीले २ विकेट तथा उस्मान कादिरले १ विकेट लिए।

टम कोहलर

यस अघि टस हारेर ब्याटिंग गरेको मुल्तानले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो। उसको लागि जेम्स भिन्सले ५५ बलमा ९ चौका र ३ छक्का मद्दतले ८४ रन योगदान दिएका थिए। यस्तै कप्तान मोहम्मद रिजवानले २८ बलमा ४१ रन, शोयब मक्सुदले २१ बलमा ३६ रन तथा राइली रोसोउले ८ बलमा १४ रन योगदान दिएका थिए।

रिजवान र भिन्सले दोश्रो विकेटको लागि ६६ रनको तथा भिन्स र मक्सुदले तेश्रो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए।

पेशावरको बलिंगमा सकिब मोहम्मदले २ तथा मोहम्मद इमरान र मोहम्मद इरफानले समान १ विकेट लिए।

लिग अन्तर्गत बुधबार हुने १ मात्र खेलमा कराची किंग्स र इश्लामाबाद युनाइटेडले राति ७:४५ बजे प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-ca-imposes-limitation-on-ipl-adv/

https://wicketnepal.com/psl-m4th-rep-wn21/

https://wicketnepal.com/conway-chamkia-nz-win-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy