सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्न आज पाकिस्तान जाँदै

२०७७ फाल्गुन १५, शनिबार १०:३६

Sandeep Lamichhane

नेपाली लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग ( पीएसएल ) खेल्न पाकिस्तान प्रस्थान गर्ने भएका छन्।

सन्दिप पाकिस्तानको कराचीमा जारि पीएसएलमा टिम लाहोर कलन्दर्सको लागि खेल्नेछन्। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार सन्दिप आजै ११ बजे पाकिस्तान प्रस्थान गर्नेछन्। उनि कतार एअरवेजको विमानबाट कतार हुँदै कराची प्रस्थान गर्नेछन्।

पीएसएल अक्सनमा बिक्रि नभएका सन्दिपलाई लाहोरले अर्का लेग स्पिनर राशिद खानको प्रतिस्थापनको रुपमा टिममा समाबेश गरेको हो। राशिदले यो सिजन मात्र २ खेल खेलेपछि अफगानिस्तानको लागि खेल्न स्वदेश प्रस्थान गरेका थिए।

सन्दिपले पीएसएलमा यस अघि मात्र २०१९ को पाकिस्तान सुपर लिगमा लाहोरको प्रतिनिधित्व गरेका थिए त्यस क्रममा नेपाली स्पिनरले राम्रो प्रदर्शन गर्ने क्रममा ७ खेलमा ११ विकेट लिएका थिए। त्यसपछि भने पीएसएल अक्सनमा सन्दिप बिक्रि भएका थिएनन्।


यो वर्ष जनवरी २६ तारिखमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेपछि सन्दिप नेपालमा रहेका छन्। सन्दिपले फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कपमा प्रतिनिधित्व गर्ने तय भएको थियो।

पाकिस्तान सुपर लिग मार्च २२ तारिखसम्म चल्ने हुँदा सन्दिपले अब मेयर कप खेल्न नपाउने भएका छन्।

पीएसएलमा लाहोरले हालसम्म खेलेको ३ वटा खेलमा २ वटा जित र १ हार बेहोरेको छ। ४ अंक सहित लाहोर अंकतालिकामा तेश्रो स्थानमा रहेको छ।

लाहोरले आगामी खेल आइताबार कराची किंग्स बिरुद्ध खेल्ने तालिका रहेको छ।

सोहेल अख्तर कप्तानीको लाहोर टिममा पाकिस्तानी क्रिकेटर मोहम्मद हफिज, फखर जमान, शाहिन अफ्रिदी तथा बेन डंक, समित पटेल, जो डेनलि, डेभिड वेस जस्ता विदेशी खेलाडी रहेका छन्।

सम्बन्धित :-

https://youtu.be/VFTv3ELwjvQ

https://wicketnepal.com/romanchak-helma-psl-pesawar-wn21/

https://wicketnepal.com/narendr-modi-stadium-pitch-root-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy