पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

२०७७ फाल्गुन १६, आईतवार ०९:३६

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) टि-२० अंकतालिकामा तेश्रो जित पछि शिर्ष स्थानमा उक्लेको छ।

पाकिस्तानको नेसनल स्टेडियम कराचीमा सम्पन्न खेलमा इश्लामावादले दिएको ११९ रनको लक्ष्य पेशावरले १७.१ ओभरमा ४ विकेट गुमाएर भेटायो।

ओपनर इमाम उल हक खाता नखोली तथा कमरान अकमल ३ रन बनाएर आउट भएपछि टम कोहलर र शोयब मलिकले ६३ रनको साझेदारी गरे। कोहलर ४६ बलमा ४ चौका र २ छक्का मद्दतले ४६ रन बनाएर आउट भएपछि मलिकले हैदर अलिसंग ४७ रनको साझेदारी गरे। हैदरले १८ बलमा ३ चौका र ३ छक्का मद्दतले ३६ रन बनाए। शोयब मलिक ३० बलमा १ चौका र १ छक्का मद्दतले २९ रन बनाउदै अविजित रहे।

इश्लामावादको बलिंगमा हसन अलिले २ विकेट, मोहम्मद वासिम र फवाद एहमदले समान १ विकेट लिए।

वहाव रियाजले सर्वाधिक ४ विकेट लिए

यस अघि टस हारेर ब्याटिंग गरेको इश्लामावादले १७.१ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बनाउन सकेको थियो। उसको लागि ओपनर एलेक्स हेल्सले सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। तर अन्य ब्याट्सम्यानले साथ नदिदा लगातार विकेट गुम्न पुग्यो। हुसेन तलतले २२ तथा असिफ अलिले १९ रन बनाउदै टिमको योगफल १०० पार गर्न योगदान दिए। पल स्टरलिंगले १ रन, फिलिप साल्टले ९ रन, फहीम अश्रफले २ रन तथा शदाब खानले ६ रन मात्र बनाउन सके।

पेशावरको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका कप्तान वहाव रियाजले सर्वाधिक ४ विकेट ( ४-०-१७-४ ) तथा सकिब मोहम्मदले ३ विकेट ( २.१-०-१२-३ ) लिए। मुजिब उर् रहमान र उमेद असिफले समान १ विकेट लिए।

अंकतालिकाको शिर्षस्थानमा रहेको पेशावरको ४ खेलमा ३ जित र १ हार पछि ६ अंक भएको छ। हरपछि इश्लामावाद ३ खेलमा २ जित र १ हार पछि ४ अंक बटुल्दै चौथो स्थानमा छ। समान ४ अंक रहेको कराची र लाहोर नेट रन रेटमा अघि रहँदै दोश्रो र तेश्रो स्थानमा रहेको छ। मुल्तान पाँचौ र जितविहिन क्वेटा अन्तिम स्थानमा छ।

सन्दिप आवद्ध लाहोरको खेल आज : लिग अन्तर्गत आइतबार नेपाली स्पिनर सन्दिप लामिछाने आवद्ध टिम लाहोर कलन्दर्सले कराची किंग्सको प्रतिनिधित्व गर्नेछ। खेल नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ। लाहोरले सन्दिपलाई अफ्गानी लेग स्पिनर राशिद खानको प्रतिस्थापनमा टिममा समाबेश गरेको हो। राशिदले लिगमा २ खेल खेलेपछि अफगानिस्तानको लागि खेल्न स्वदेश प्रस्थान गरेका थिए। सोहेल अख्तर कप्तानीको लाहोर टिममा पाकिस्तानी क्रिकेटर मोहम्मद हफिज, फखर जमान, शाहिन अफ्रिदी तथा बेन डंक, समित पटेल, जो डेनलि, डेभिड वेस जस्ता विदेशी खेलाडी रहेका छन्।

सम्बन्धित :-

https://wicketnepal.com/babar-prerit-karachi-shirshama-wn21/

https://wicketnepal.com/pathan-sanyas-ghoshana-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy