मेयर कप : ‘काठमाडौँ मेयर-११’ टिमको घोषणा, लुम्बिनीबाट सर्वाधिक ५ खेलाडी

२०७७ फाल्गुन १७, सोमबार १८:०८

फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कप पहिलो संस्करणको लागि ‘काठमाडौँ मेयर-११’ टिमको घोषणा गरिएको छ।

यही फाल्गुन २२ गते देखि २९ गते सम्म आयोजना हुने प्रतियोगितामा गत महिना काठमाडौँमा आयोजित प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल पुग्न सफल ४ वटा टिम तथा काठमाडौँ महानगरपालिकाको एउटा टिम गरि कुल ५ टिमको सहभागिता रहनेछ। प्रधानमन्त्री कपको उपाधि जित्ने त्रिभुवन आर्मी क्लब , उपविजेता नेपाल एपीएफ क्लब सहित सेमीफाइनलबाट बाहिरीएका बागमती प्रदेश र नेपाल पुलिस क्लब लिगमा सहभागी हुने अन्य टिमहरु हुन्।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा अधिकांश खेलाडीहरु छनोट गरेको छ।

कुन प्रदेशबाट कुन खेलाडी 

घोषित १५ सदस्यीय टिममा प्रदेश नम्बर-१ बाट मात्र एक खेलाडी सिद्धान्त लोहनीले स्थान बनाएका छन्। सिद्धान्तले प्रम कपमा ४ खेलमा १ अर्धशतक प्रहार गर्दै कुल ९९ रन बनाएका थिए।

यस्तै प्रदेश नम्बर-२ बाट २ जना खेलाडी हरिशंकर शाह र विवेक यादव टिममा छन्। प्रम कपमा हरिले ४ खेलमा २ अर्धशतक प्रहार गर्दै १४१ रन बनाउनुको साथै ७ विकेट पनि लिएका थिए। विवेकले पनि अलराउण्ड प्रदर्शन गर्ने क्रममा ४ खेलमा २ अर्धशतक प्रहार गर्दै १६७ रन तथा ४ विकेट लिएका थिए। विवेक प्रधानमन्त्री कपको उदयमान खेलाडी समेत घोषित भएका थिए।

गण्डकी प्रदेशबाट २ जना खेलाडी बिपिन खत्री र अर्जुन कुमाल टिममा छन्। देब्रे हाते स्पिनर बिपिनले प्रम कपमा ४ खेलमा ८ विकेट लिएका थिए भने अर्जुनले समान खेलमा ११७ रन बनाएका थिए।

Anuj Chunara
Anuj Chunara

लुम्बिनी प्रदेशबाट सर्वाधिक ५ जना खेलाडी कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, बिक्रम भुसाल र सन्दिप रजाली टिममा छन्। प्रम कपमा टिमको कप्तानी गरेका कृष्णले ४ खेलमा १०६ रन बनाउनुको साथै ८ विकेट पनि लिएका थिए। यस्तै सौरभले ४ खेलमा २ अर्धशतक मद्दतले १८२ रन, सन्दिपले समान खेलमा १ अर्धशतक प्रहार गर्दै १३४ रन बनाएका थिए। लेग स्पिनर बिक्रम भुसालले ४ खेलमा ५ विकेट तथा देब्रे हाते स्पिनर अनिलले समान खेलमा ८ विकेट लिएका थिए।

कर्णाली प्रदेशबाट ३ जना खेलाडी रविन्द्र जंग शाही, अनुज चुनारा र विपिन रावल टिममा छन्। रविन्द्रले अलराउण्ड प्रदर्शन गर्ने क्रममा ४ खेलमा ८ विकेट लिनुको साथै ६७ रन बनाएका थिए। यस्तै फास्ट बलर अनुज चुनाराले ८ विकेट लिएका थिए। यस्तै ओपनिंग ब्याट्सम्यान बिपिनले ४ खेलमा ११० रन बनाएका थिए।

सुदूरपश्चिम प्रदेशबाट २ जना खेलाडी खड्ग बहादुर बोहरा र नारायण जोशीले टिममा स्थान बनाउन सफल भएका छन्। खड्गले ४ खेलमा ९० रन बनाएका थिए भने पेसर नारायणले समान खेलमा ३ विकेट लिएका थिए।

हरिशंकर शाह, विवेक यादव, अर्जुन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनुज चुनारा, खड्ग बहादुर बोहरा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन पछि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि पर्न सफल भएका थिए। तथापी यी मध्ये कुनै पनि खेलाडीलाई दोश्रो चरणको बन्द प्रशिक्षण टिममा भने समाबेश गरिएको थिएन।

घोषित टिम : 

ब्याट्सम्यान : सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दिप रजाली, खड्ग बहादुर बोहरा

अलराउण्डर : हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही

विकेटकिपर : बिपिन रावल

स्पिनर : बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल

फास्ट बलर : नारायण जोशी, अनुज चुनारा

घोषित टिमको कप्तान कसले गर्ने भने क्यानले खुलाएको छैन। सबै प्रदेशहरुलाई क्यानले पत्र पठाउदै फाल्गुन २० गते सम्म काठमाडौँ पुग्न जानकारी गराएको छ। खेलाडीहरुलाई सहभागिता बापत आवास, यातायात तथा खेल भएको दिनमा भत्ता उपलब्ध गराउने क्यानले बताएको छ।

एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको खेलहरु टियु मैदान किर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। सहभागी ५ वटा टिमले एक अर्कासंग १-१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने २ तिन फाइनल प्रवेश गर्नेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

प्रतियोगिता आयोजनाको लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने छ। बाँकी खर्च क्यान आफैले व्यहोर्नेछ।

धेरैले पढेको :-

https://wicketnepal.com/hamro-rangashala-mero-kursi-abhiyan-ghoshana-wn21/

https://wicketnepal.com/lahore-shandar-jit-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy