काठमाडौँ मेयर कपको प्रत्यक्ष प्रशारणको लागि क्यान र डीश मिडिया विच सम्झौता

२०७७ फाल्गुन २०, बिहीबार १७:३७

यही फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको प्रशारणको लागि नेपाल क्रिकेट संघ र डीश मिडिया नेटवर्क विच सम्झौता भएको छ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रतियोगितामा तिन विभागीय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब तथा बागमती प्रदेश र काठमाडौँ मेयर-११ टिम गरि कुल ५ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डीश मिडिया नेटवर्कको च्यानल याक्सन स्पोर्ट्स एचडी र एसडी च्यानलले गर्ने भएको छ। सम्झौता बापत क्यानलाई डीश होमले कति रकम दिने भने दुवै पक्षले खुलाएको छैन।

याक्सन स्पोर्ट्सले यस अघि दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला तथा काठमाडौँमा सम्पन्न पुरुष राष्ट्रिय प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरेको थियो।

मेयर कपको खेलहरु टियु मैदान किर्तिपुर र मुलपानी क्रिकेट मैदानमा खेलिनेछ। याक्सन स्पोर्ट्सले टियु मैदानमा हुने खेलहरुको प्रत्यक्ष प्रशारण गर्नेछ।

मेयर कप सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। सहभागी ५ वटा टिमले एक अर्कासंग १-१ खेल खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिमले उपाधिको लागि खेल्नेछ।

क्यानद्वारा मंगलबार सार्वजनिक गरिएको खेल तालिका अनुसार फाल्गुन २२ गते सुरु हुने प्रतियोगिता फाल्गुन २९ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको पहिलो दिन फाल्गुन २२ गते दुई वटा खेल हुनेछन्। टियु मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् भने मुलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ मेयर कपको खेलतालिका

फाल्गुन २२ गते : त्रिभुवन आर्मी क्लब Vs नेपाल एपीएफ क्लब ( टियु मैदान ) र नेपाल पुलिस क्लब Vs बागमती प्रदेश ( मुलपानी मैदान )

फाल्गुन २३ गते : नेपाल एपीएफ क्लब Vs नेपाल पुलिस क्लब ( टियु मैदान ) , काठमाडौँ मेयर-११ Vs बागमती प्रदेश ( मुलपानी मैदान )

फाल्गुन २४ गते : त्रिभुवन आर्मी क्लब Vs काठमाडौँ मेयर-११ ( टियु मैदान )

फाल्गुन २५ गते : बागमती प्रदेश Vs नेपाल एपीएफ क्लब ( टियु मैदान ) र नेपाल पुलिस क्लब Vs त्रिभुवन आर्मी क्लब ( मुलपानी मैदान )

फाल्गुन २६ गते : काठमाडौँ मेयर-११ Vs नेपाल पुलिस क्लब ( टियु मैदान )

फाल्गुन २७ गते : बागमती प्रदेश Vs त्रिभुवन आर्मी क्लब ( टियु मैदान ) र नेपाल एपीएफ क्लब Vs काठमाडौँ मेयर-११ ( मुलपानी मैदान )

फाल्गुन २९ गते : फाइनल ( टियु मैदान )

सम्बन्धित :-

https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/

https://wicketnepal.com/psl-sthagit-sandip-farkane-wn21/

https://wicketnepal.com/polard-6-ball-6-t20-i-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy