काठमाडौँ मेयर कप : दुई सोनुलाई मौका दिंदै बागमती प्रदेश टिमको घोषणा

फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको ‘काठमाडौँ मेयर कप’ राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ।

गत महिना सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल पुग्न सफल बागमती प्रदेशले प्रतियोगितामा स्वतः प्रवेश पाएको हो। बागमतीले प्रतियोगितामा पहिलो खेल पहिलो दिन मुलपानी मैदानमा विभागीय टोलि नेपाल पुलिस क्लबसंग खेल्दै गर्नेछ। प्रतियोगितामा बागमती प्रदेश सहित काठमाडौँ मेयर-११ तथा तिन वटा विभागीय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

घोषित टिममा यस अघि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको टिममा रहेका तिब्र गति बलर रिजन ढकाल र लेग स्पिनर तिलक राज भण्डारीलाई समाबेश गरिएको छैन।

टिममा ब्याटिंग अलराउण्डर सोनु तामांग, लेग स्पिनर सोनु देवकोटा र ब्याट्सम्यान सुबास खत्रीलाई मौका दिईएको छ। तामांगले अन्तिम पटक बागमती प्रदेशको लागि गत वर्ष जनवरीमा सम्पन्न एमएम कप एकदिवसीय प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए। लेग स्पिनर देवकोटाले २०१९ मे/जुनमा सम्पन्न प्रधानमन्त्री कपमा बागमती प्रदेशको प्रतिनिधित्व गरेका थिए। देवकोटाले अर्का लेग स्पिनर तिलक राज भण्डारीको ठाउँ लिनेछन् जसले प्रधानमन्त्री कपमा ५ खेल खेल्दा ८ विकेट लिएका थिए।  बायाँ हाते स्पिनर सुबास प्रधानमन्त्री कपमा बैकल्पिक खेलाडीको सूचीमा रहेका थिए।

Sonu Devkota

घोषित टिममा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान पृथु बास्कोटा, पारस खड्का, रामनरेश गिरि, इशान पाण्डे, दिपेश श्रेष्ठ जस्ता राष्ट्रिय टिमको लागि खेलीसकेका अनुभवी खेलाडीहरु रहेका छन्।

घोषित टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , पारस खड्का, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा ( विकेटकिपर ) , आदील खान, बिभत्सु थापा, गौतम केसी, अरियो पौडेल, बिपिन आचार्य, सोनु देबकोटा, सोनु तामांग, सुबास खत्री

काठमाडौँ मेयर कपमा बागमती प्रदेशको खेल तालिका 

फाल्गुन २२ गते : बिरुद्ध नेपाल पुलिस क्लब ( मुलपानी मैदान )

फाल्गुन २३ गते : बिरुद्ध काठमाडौँ मेयर-११ ( मुलपानी मैदान )

फाल्गुन २५ गते : बिरुद्ध नेपाल एपीएफ क्लब  ( टियु मैदान )

फाल्गुन २७ गते : बिरुद्ध त्रिभुवन आर्मी क्लब ( टियु मैदान )

प्रतियोगिताको लागि घोषित अन्य टिमहरु :-

काठमाडौँ मेयर-११ टिम : सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दिप रजाली, खड्ग बहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा

त्रिभुवन आर्मी क्लब टिम : बिनोद भण्डारी (कप्तान/विकेटकिपर), सोमपाल कामी, करन केसी, बिक्रम सोब, कुशल मल्ल, रोहित  पौडेल, भिम शार्की, हरि चौहान, लोकेश बम, राजेश पुलामी, जितेन्द्र मुखिया, सुशन भारी, साहब आलम, अनिल मण्डल र राजु रिजाल

नेपाल एपिफ क्लब टिम : शरद भेषावकर (कप्तान), बसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमल ऐरी, सुमित महर्जन, यज्ञमान कुमाल, किशोर महतो, भुवन कार्की, आसिफ शेख, अमर सिंह रौटेला, सुर्य तामाङ र अभिनाश बोहरा

यो पनि पढ्नुस :-

काठमाडौँ मेयर कपको प्रत्यक्ष प्रशारणको लागि क्यान र डीश मिडिया विच सम्झौता

काठमाडौँ मेयर कपको खेलतालिका सार्वजनिक

पीएसएल रोकियो, खेल नखेली फर्कने भए सन्दिप लामिछाने





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]