काठमाडौँ महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ ( क्यान ) को आयोजनामा फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा पहिलो संस्करणको ‘काठमाडौँ मेयर कप’ एकदिवसीय राष्ट्रिय प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन दुई वटा खेल हुनेछन्। टियु मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा मुलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। दुवै खेल बिहान ९ बजे सुरु हुनेछ।
प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल पुग्न सफल ४ वटा टोलिहरु त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा काठमाडौँ मेयर-११ टिम गरि ५ वटा टोलिको सहभागिता रहेको छ।
प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। सहभागी ५ वटा टिमले एक अर्कासंग १-१ खेल खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिमले उपाधिको लागि खेल्नेछ।

प्रतियोगिताको विजेता टिमले पांच लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ५० हजार रुपैयाँ तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले समान २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् भने खेल खेलेको दिनमा प्रत्येक टिमका खेलाडीहरुले म्याच फिको रुपमा २ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको टियु मैदान किर्तिपुरमा हुने खेलहरुको प्रत्यक्ष प्रशारण याक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।
प्रतियोगिताको लागि काठमाडौँ महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी खर्च क्यान आफैले जुटाउनेछ।
कुन टिममा को-को खेलाडीहरु छन्
प्रतियोगिताको लागि सहभागी सबै पांचवटै टिमहरुले टिमको घोषणा गरिसकेको छ।
त्रिभुवन आर्मी क्लब : बिनोद भण्डारी (कप्तान/विकेटकिपर), सोमपाल कामी, करन केसी, बिक्रम सोब, कुशल मल्ल, रोहित पौडेल, भिम शार्की, हरि चौहान, लोकेश बम, राजेश पुलामी, जितेन्द्र मुखिया, सुशन भारी, साहब आलम, अनिल मण्डल र राजु रिजाल
नेपाल एपिफ क्लब : शरद भेषावकर (कप्तान), बसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमल ऐरी, सुमित महर्जन, यज्ञमान कुमाल, किशोर महतो, भुवन कार्की, आसिफ शेख, अमर सिंह रौटेला, सुर्य तामाङ र अभिनाश बोहरा
नेपाल पुलिस क्लब : मन्जित श्रेष्ठ ( कप्तान ) , दिपेन्द्र ऐरी , अमित श्रेष्ठ, सुनिल धमला, अनिल साह ( विकेटकिपर ) , दिलिप नाथ ( विकेटकिपर ) , योगेन्द्र कार्की, राशिद खान, ललित राजबंशी, सगर ढकाल, पवन सर्राफ, कुशल भुर्तेल , प्रेम तामांग, अभिनाश कर्ण, गुलसन झा
बागमती प्रदेश : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , पारस खड्का, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा ( विकेटकिपर ) , आदील खान, बिभत्सु थापा, गौतम केसी, अरियो पौडेल, बिपिन आचार्य, सोनु देबकोटा, सोनु तामांग, सुबास खत्री
काठमाडौँ मेयर-११ : सन्दिप लामिछाने ( कप्तान ) , सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दिप रजाली, खड्ग बहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा
प्रतियोगिताको खेलतालिका :-
फाल्गुन २२ गते : त्रिभुवन आर्मी क्लब Vs नेपाल एपीएफ क्लब ( टियु मैदान ) र नेपाल पुलिस क्लब Vs बागमती प्रदेश ( मुलपानी मैदान )
फाल्गुन २३ गते : नेपाल एपीएफ क्लब Vs नेपाल पुलिस क्लब ( टियु मैदान ) , काठमाडौँ मेयर-११ Vs बागमती प्रदेश ( मुलपानी मैदान )
फाल्गुन २४ गते : त्रिभुवन आर्मी क्लब Vs काठमाडौँ मेयर-११ ( टियु मैदान )
फाल्गुन २५ गते : बागमती प्रदेश Vs नेपाल एपीएफ क्लब ( टियु मैदान ) र नेपाल पुलिस क्लब Vs त्रिभुवन आर्मी क्लब ( मुलपानी मैदान )
फाल्गुन २६ गते : काठमाडौँ मेयर-११ Vs नेपाल पुलिस क्लब ( टियु मैदान )
फाल्गुन २७ गते : बागमती प्रदेश Vs त्रिभुवन आर्मी क्लब ( टियु मैदान ) र नेपाल एपीएफ क्लब Vs काठमाडौँ मेयर-११ ( मुलपानी मैदान )
फाल्गुन २९ गते : फाइनल ( टियु मैदान )
धेरैले पढेको
https://wicketnepal.com/k-mayor-cup-cap-sandeep-wn21/
https://wicketnepal.com/2-sonu-lai-mauka-didai-bagmati-team-wn21/
