काठमाडौं ।
काठमाडौं मेयर्स कप २०७७ अन्तर्गत तेस्रो दिन आज एक खेल मात्र हुँदैछ। जसमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर-११ टिम कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेलिरहेका छन्।
खेलमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले पहिले ब्याटिङ गरिरहेको छ । सन्दीप लामिछानेको कप्तानी रहेको काठमाडौंले आइतबार मुलपानीमा भएको खेलमा बागमति प्रदेशलाई ९४ रनले पराजित गरेको थियो । काठमाडौं आर्मी विरुद्ध पनि त्यही लय कायम राख्ने योजनामा छ ।
पहिलो खेल बाट काठमाडौंलै दुई खेलाडी परिवर्तन गरेको छ । विवेक यादव र अर्जुन कुमालको स्थानमा खडग बोहरा र नारायण जोशी पहिलो रोजाईँमा खेलिरहेका छन् ।
यस्तै आर्मीले एक परिवर्तन गर्दै सुशन भारीको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको छ । आर्मीको टिममा चार तिब्र गतिका बलर सोमपाल कामी, करण केसी, विक्रम सोब र जितेन्द्र छन् ।
पहिलो खेलमा एपीएफसंग १ विकेटले पराजित भएको आर्मी काठमाडौंलाई हराउाौै पहिलो जित हात पार्ने योजनामा छ ।
https://wicketnepal.com/sandeep-all-round-perf-mayor-11-bijayi-wn21/
