शाहब आलम चम्कदा काठमाडौं मेयर-११ १५५ रनमा अलआउट

काठमाडौँमा जारि काठमाडौँ मेयर्स कप २०७७ अन्तर्गत हाल तेस्रो दिनको एकमात्र खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर-११ टिम कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको सन्दिप लामिछाने कप्तानीको काठमाडौं मेयर-११ ले  ४२.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५५ रन बनाउँदै आर्मीलाई १५६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौं मेयर-११ को ब्याटिंगमा सौरभ खनालले सर्वाधिक ४२ तथा सन्दिप रजालिले ३७ न बनाए। राम्रो सुरुवात बाबजुद तीव्र गतिका बलर जितेन्द्र मुखिया र देब्रे हाते स्पिनर शाहब आलमले सानदार बलिंग प्रदर्शन गर्दा काठमाडौं मेयर-११ १५५ रनमै समेटिन पुगेको थियो। काठमाडौं मेयर-११ ले अन्तिमको ५ विकेट २६ रनको अन्तरमा गुमाउन पुगेको थियो।

ओपनरद्वय खडक बोहोरा र हरिशंकर शाहले पहिलो विकेटको लागि ४८ रनको साझेदारी गरे। २९ बलमा ४ चौकाको मद्धतमा १८ रन बनाएर लयमा देखिएका शाहलाई आलमले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराए। त्यसपछि तिन नम्बरमा ब्याटिंग गर्न आएका बिपिन रावल आलमको बलिंगमा हिट विकेट आउट हुन पुगे। १५ औं ओभरमा आलमले ओपनर बोहोरा (१९) र सिधान्त लोहनीलाई (०) आउट पार्दै काठमाडौं मेयर-११ लाई दबाबमा ल्याए। काठमाडौं मेयर-११ को इनिंग्सको सुरुवाती ४ विकेट आलम एक्लैले लिएका थिए।

सौरभ खनालले सर्वाधिक ४२ रन बनाए 

त्यसपछि ६५/४ को संघर्षपूर्ण स्थितिबाट सन्दिप रजालि र सौरभ खनालले पाचौं विकेटको लागि ६६ रनको अर्धशतकीय साझेदारी गर्दै टिमको इनिंग्स सम्हाले। कुशल मल्लले खनाललाई आउट पार्दै साझेदारी तोडे। त्यसअघि खनालले ७४ बलमा समान २ चौका र २ छक्काको मद्धतमा ४२ रन बनाएका थिए। उनको विकेटसँगै आर्मीका बलरहरु खेलमा हावी भएका थिए।

३७ औं ओभरमा मुखियाले कृष्ण कार्की र नारन जोशीलाई खाता नखोली पेभेलिएन फर्काए। जिम्मेवारीपुर्वक ब्याटिंग गरेका रजालीलाई आफ्नो तेस्रो सिकार बनाउने क्रममा मुखियाले एलबीडब्ल्यु धरापमा पारे। रजालिले ६३ बलमा ३ चौकाको सहयोगमा ३७ रन बनाए। अन्तिममा कप्तान लामिछानेले १३ रन बनाउँदै टिमको योगफल १५० पार गराए।

आर्मीको बलिंगमा शाहब आलमले (१०-१-३९-४) सर्वाधिक ४ तथा जितेन्द्र मुखियाले (१०-३-३८-३) ३ विकेट लिए। सोम्पाल कामि, कुशल मल्ल र बिक्रम शोबले समान १ विकेट हात पारे।

काठमाडौंले मेयर्स-११ ले आइतबार मुलपानीमा भएको खेलमा बागमति प्रदेशलाई ९४ रनले पराजित गरेको थियो भने आर्मी आफ्नो पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो। काठमाडौंले मेयर्स-११ आजको खेल जित्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न चाहन्छ भने आर्मी आज आफ्नो पहिलो जितको खोजीमा रहेको छ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]