सोमपाल र शाहब चम्किदा आर्मीद्वारा काठमाडौँ मेयर्स-११ पराजित

२०७७ फाल्गुन २४, सोमबार १६:०९

सोमपाल कामि र शाहब आलमले उत्कृस्ट प्रदर्शन गर्दा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ मेयर्स-११ लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले काठमाडौँ मेयर्स कपमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा आर्मी एपीएफसंग १ विकेटले पराजित भएको थियो भने काठमाडौँ मेयर्स-११ ले पहिलो खेलमा आइतबार बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको थियो।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा मेयर्स-११ ले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट क्षेतीमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा आर्मीको लागि ओपनर सोमपाल कामिले आक्रामक ब्याटिंग गर्दै ८० रन बनाए। त्यस क्रममा उनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे। कुशल मल्लले २३ रन, बिनोद भण्डारीले अविजित २० रन तथा भिम शार्कीले १६ रन योगदान दिए।

सोमपाल कामिले ८० रन बनाए

आर्मीले पहिलो ३ विकेट ३६ रनको योगफलमा गुमाएको थियो। लोकेश बम १ रन तथा रोहित पौडेल खाता नखोली आउट भए भने भिम शार्कीले १६ रन बनाए। त्यसपछि सोमपालले कुशल मल्लसंग ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए।

काठमाडौँ मेयर्स-११ को बलिंगमा सन्दिप लामिछाने र बिपिन खत्रीले समान २/२ विकेट लिए भने अनिल खरेलको नाममा १ विकेट रह्यो। सन्दिप लामिछानेले महँगो सावित हुने क्रममा ९ ओभरमा ७४ रन खर्चिए।

यस अघि टस हारेर ब्याटिंग गरेको काठमाडौँ मेयर-११ ले ४२.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५५ रन बनाउँदै आर्मीलाई १५६ रन बनाएको थियो।

मेयर्स-११ को लागि सौरभ खनालले सर्वाधिक ४२ रन, सन्दिप रजालीले ३७ रन, खडक बोहराले १९ रन, हरिशंकर शाहले १८ रन तथा सन्दिप लामिछानेले १३ रन योगदान दिए। उसका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

शाहब आलमले ४ विकेट लिए

पहिलो विकेटको लागि हरिशंकर शाह र खडक बोहराले ४८ रनको साझेदारी गरेपनि त्यसपछि सुशन भारिले लगातार ४ विकेट लिंदै आर्मीलाई खेलमा हावी गराएका थिए। पाँचौ विकेटको लागि सौरभ खनाल र सन्दिप रजालीले ६६ रनको साझेदारी गरे। तर ३४ औं ओभरमा सौरभलाई कुशल मल्लले क्याच आउट गराउदै पुनः आर्मीलाई खेलमा फर्काए। १३१/४ को अवस्थाबाट थप २४ रन जोड्दा उसले सम्पूर्ण विकेट गुमाउन पुग्यो।

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ३९ रन खर्चिए। जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामि , बिक्रम सोब र कुशल मल्लले समान १ विकेट लिए।

प्लेयर अफ द म्याच सोमपाल कामि चुनिए।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। टियु मैदानमा बागमती प्रदेश र नेपाल एपीएफ क्लबले तथा मुलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल ९ बजे बिहान सुरु हुने तालिका रहेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

https://wicketnepal.com/sandeep-all-round-perf-mayor-11-bijayi-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy