सोमपाल र शाहब चम्किदा आर्मीद्वारा काठमाडौँ मेयर्स-११ पराजित

सोमपाल कामि र शाहब आलमले उत्कृस्ट प्रदर्शन गर्दा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ मेयर्स-११ लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले काठमाडौँ मेयर्स कपमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा आर्मी एपीएफसंग १ विकेटले पराजित भएको थियो भने काठमाडौँ मेयर्स-११ ले पहिलो खेलमा आइतबार बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको थियो।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा मेयर्स-११ ले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट क्षेतीमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा आर्मीको लागि ओपनर सोमपाल कामिले आक्रामक ब्याटिंग गर्दै ८० रन बनाए। त्यस क्रममा उनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे। कुशल मल्लले २३ रन, बिनोद भण्डारीले अविजित २० रन तथा भिम शार्कीले १६ रन योगदान दिए।

सोमपाल कामिले ८० रन बनाए

आर्मीले पहिलो ३ विकेट ३६ रनको योगफलमा गुमाएको थियो। लोकेश बम १ रन तथा रोहित पौडेल खाता नखोली आउट भए भने भिम शार्कीले १६ रन बनाए। त्यसपछि सोमपालले कुशल मल्लसंग ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए।

काठमाडौँ मेयर्स-११ को बलिंगमा सन्दिप लामिछाने र बिपिन खत्रीले समान २/२ विकेट लिए भने अनिल खरेलको नाममा १ विकेट रह्यो। सन्दिप लामिछानेले महँगो सावित हुने क्रममा ९ ओभरमा ७४ रन खर्चिए।

यस अघि टस हारेर ब्याटिंग गरेको काठमाडौँ मेयर-११ ले ४२.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५५ रन बनाउँदै आर्मीलाई १५६ रन बनाएको थियो।

मेयर्स-११ को लागि सौरभ खनालले सर्वाधिक ४२ रन, सन्दिप रजालीले ३७ रन, खडक बोहराले १९ रन, हरिशंकर शाहले १८ रन तथा सन्दिप लामिछानेले १३ रन योगदान दिए। उसका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

शाहब आलमले ४ विकेट लिए

पहिलो विकेटको लागि हरिशंकर शाह र खडक बोहराले ४८ रनको साझेदारी गरेपनि त्यसपछि सुशन भारिले लगातार ४ विकेट लिंदै आर्मीलाई खेलमा हावी गराएका थिए। पाँचौ विकेटको लागि सौरभ खनाल र सन्दिप रजालीले ६६ रनको साझेदारी गरे। तर ३४ औं ओभरमा सौरभलाई कुशल मल्लले क्याच आउट गराउदै पुनः आर्मीलाई खेलमा फर्काए। १३१/४ को अवस्थाबाट थप २४ रन जोड्दा उसले सम्पूर्ण विकेट गुमाउन पुग्यो।

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ३९ रन खर्चिए। जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामि , बिक्रम सोब र कुशल मल्लले समान १ विकेट लिए।

प्लेयर अफ द म्याच सोमपाल कामि चुनिए।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। टियु मैदानमा बागमती प्रदेश र नेपाल एपीएफ क्लबले तथा मुलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल ९ बजे बिहान सुरु हुने तालिका रहेको छ।

धेरैले पढेको 

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )

सन्दीपको अलराउण्ड प्रदर्शनमा काठमाडौं मेयर्स ११ विजयी, बागमतिको लगातार दोस्रो हार





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]