ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

काठमाडौँ महानगरपालिकाको सहयोगमा मेयर्स कप पुरुष एकदिवसीय प्रतियोगिता काठमाडौँमा चल्दै गर्दा ललितपुर महानगरपालिकाले चैतमा ललितपुर मेयर्स कप प्रतियोगिता आयोजना गर्न क्यानलाई सहयोग गर्ने भएको छ।

मंगलबार क्यान र ललितपुर महानगरपालिका बीच सम्झौता सम्पन्न भएको हो। प्रतियोगिता महानगरपालिकाको सहयोगमा क्यानले आयोजना गर्नेछ। प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन। चैतको दोश्रो साता प्रतियोगिता आयोजना हुने सम्भावना रहेको छ।

सम्झौतापत्रमा ललितपुर महानगरपालिकाकोतर्फबाट विष्णुप्रसाद कोइराला र नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले हस्ताक्षर गरे।

ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख रुपैयाँ प्रतियोगिता आयोजनाको लागि दिनेछ भने बाँकी खर्च क्यान आफैले जुटाउनेछ।

टि-२० फर्म्याटमा आयोजान हुने प्रतियोगितामा काठमाडौँ मेयर्स कप जस्तै ५ वटा टोलिले प्रतियोगिता गर्ने बताईएको छ। पुषमा दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला प्रतियोगिताको सेमीफाइनल पुग्न सफल टिमहरु च्याम्पियन प्रदेश नम्बर-१ सहित एपीएफ क्लब , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा ललितपुर महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगिताको फर्म्याट सिंगल राउण्ड रोविन हुनेछ जसमा सम्पूर्ण टिमले एक अर्कासंग १-१ खेल खेल्नेछन्।

धेरैले पढेको 

सोनु देवकोटा चम्कदा काठमाडौं मेयर्स कपमा बागमतीको पहिलो जित

धोनी आवद्ध ब्राण्ड ‘सेभेन’ ईपिएलसंग जोडियो

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]