ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

२०७७ फाल्गुन २५, मंगलवार १९:५१

काठमाडौँ महानगरपालिकाको सहयोगमा मेयर्स कप पुरुष एकदिवसीय प्रतियोगिता काठमाडौँमा चल्दै गर्दा ललितपुर महानगरपालिकाले चैतमा ललितपुर मेयर्स कप प्रतियोगिता आयोजना गर्न क्यानलाई सहयोग गर्ने भएको छ।

मंगलबार क्यान र ललितपुर महानगरपालिका बीच सम्झौता सम्पन्न भएको हो। प्रतियोगिता महानगरपालिकाको सहयोगमा क्यानले आयोजना गर्नेछ। प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन। चैतको दोश्रो साता प्रतियोगिता आयोजना हुने सम्भावना रहेको छ।

सम्झौतापत्रमा ललितपुर महानगरपालिकाकोतर्फबाट विष्णुप्रसाद कोइराला र नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले हस्ताक्षर गरे।

ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख रुपैयाँ प्रतियोगिता आयोजनाको लागि दिनेछ भने बाँकी खर्च क्यान आफैले जुटाउनेछ।

टि-२० फर्म्याटमा आयोजान हुने प्रतियोगितामा काठमाडौँ मेयर्स कप जस्तै ५ वटा टोलिले प्रतियोगिता गर्ने बताईएको छ। पुषमा दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला प्रतियोगिताको सेमीफाइनल पुग्न सफल टिमहरु च्याम्पियन प्रदेश नम्बर-१ सहित एपीएफ क्लब , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा ललितपुर महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगिताको फर्म्याट सिंगल राउण्ड रोविन हुनेछ जसमा सम्पूर्ण टिमले एक अर्कासंग १-१ खेल खेल्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/sonu-devkota-ktm-mayors/

https://wicketnepal.com/dhoni-abaddha-seven-jodiyo-wn21/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy