काठमाडौं मेयर-११ का स्पिनर चम्किदा पुलिस १९७ रनमै सिमित

२०७७ फाल्गुन २६, बुधबार १२:५८

Sandeep Lamichhane

काठमाडौंमा जारि काठमाडौं मेयर्स कप अन्तर्गत बुधबार पाचौं दिनको एकमात्र खेलमा सन्दिप लामिछाने कप्तानीको काठमाडौं मेयर-११ र मन्जित श्रेष्ठ कप्तानीको नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपाल पुलिस क्लबले ४७.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९७ रन बनाउंदै काठमाडौं मेयर-११ लाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। खेलमा काठमाडौं मेयर-११ का स्पिनरहरु हावी भएपछि पुलिस सानदार सुरुवात बाबजुद विशाल योगफल  बनाउनबाट चुक्न पुगेको थियो।

ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५६ रनको आक्रामक साझेदारी गरे। त्यसपछि हरिशंकर शाहले दुवै ओपनरलाई विकेटकिपर खडक बोहोराबाट स्टम्प आउट गराए। धमलाले २४ बलमा ३ चौका र १ छक्काको मद्धतमा २२ तथा भुर्तेलले २९ बलमा समान ३ चौका र ३ छक्काको सहयोगमा ३४ रन बनाए। त्यसपछि १ नम्बरमा ब्याटिंग गर्न आएका अनिल शाहलाई सन्दिप लामिछानेले विकेटकिपर बोहोराबाट क्याच आउट गराए।

Bipin Khatri ( File Photo )

७५/३ को दबाब स्थितिबाट दिपेन्द सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले चौथौं विकेटका लागि २८ रनको साझेदारी गर्दै पुलिसको इनिंग्स अघि बढाए। देब्रे हाते स्पिनर बिपिन खत्रीले ऐरीलाई २४ रनमा लामिछानेबाट क्याच आउट गराउदै पुलिसलाई दबाबमा ल्याए। त्यसपछि ब्याटिंगमा आएका दिलिप नाथलाई (१२) युवा स्पिनर अनिल खरेलले आफ्नो पहिलो सिकार बनाए।

खत्रीले दोस्रो विकेट लिने क्रममा राम्रो ब्याटिंग गरिरहेका कार्कीलाई बोहोराबाट स्टम्प आउट गराउदै काठमाडौं मेयर-११ लाई खेलमा हावी गराए। कार्कीले ५५ बलमा ४ चौकाको मद्धतमा ४० रन बनाए। त्यसपछि पुलिसले २४ रनको अन्तरालमा ३ विकेट गुमाउन पुग्दा राम्रो योगफल खडा गर्नबाट चुक्यो। अन्तिममा एक किनारबाट विकेट गुमाएता पनि अर्को किनार सम्हालेका पवन सराफले २८ रन बनाउंदै पुलिसलाई सम्मानजनक योगफलसम्म डोर्याए।

काठमाडौं मेयर-११ को बलिंगमा कप्तान सन्दिप लामिछाने ( १०-०-३५-३ )  , बिपिन खत्री ( ९-१-५४-३ )  र हरिशंकर शाहले ( ९.४-२-२८-३ ) ले समान ३ विकेट लिए। यस्तै किफायती बलिंग गरेका अनिल खरेलले १ विकेट ( १०-२-२५-१ ) हात पारे। स्कोरकार्ड 

यो पनि पढ्नुस :-

https://wicketnepal.com/india-parajit-pieterson-aakramak-wn21/

https://wicketnepal.com/lalitpur-mahila-mayor-cup-wn21/

https://wicketnepal.com/sonu-devkota-ktm-mayors/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy