सन्दिप कप्तानीको मेयर्स-११ लाई पराजित गर्दै पुलिस फाइनलमा

२०७७ फाल्गुन २६, बुधबार १५:५७

काठमाडौंमा जारि काठमाडौं मेयर्स कप अन्तर्गत बुधबार सम्पन्न पाचौं दिनको एकमात्र खेलमा मन्जित श्रेष्ठ कप्तानीको नेपाल पुलिस क्लबले  सन्दिप लामिछाने कप्तानीको काठमाडौं मेयर-११ लाई  १०३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

जितसंगै ४ खेलमा ३ जित र १ हारपछि पुलिस क्लबले अंकतालिकाको शिर्ष स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको छ। यस अघि पुलिसले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने एपीएफसंग पराजित भएको थियो। पहिलो खेलमा बागमतीविरुद्ध जित निकालेको काठमाडौं मेयर-११ भने लागातार २ हारपछि अंकतालिकाको चौथौं स्थानमा झरेको छ। काठमाडौँले मेयर्स-११ ले अन्तिम लिग खेलमा बिहिबार एपीएफसंग मुलपानी मैदानमा प्रतिस्पर्धा गर्नेछ जसमा विजयी भए नेट रन रेटमा फाइनल पुग्ने झिनो सम्भावना बाँकी रहनेछ। बिहिबारनै बागमती र आर्मी बीच प्रतिस्पर्धा हुनेछ।

स्कोरकार्ड , अंकतालिका 

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा १९८ रनको लक्ष्य पछ्याएको काठमाडौं मेयर-११ ले ३१.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र ९४ रन बनाउन सक्यो।

खराब सुरुवात गरेको काठमाडौं मेयर-११ ले सुरुवाती ५ विकेट ३३ रनको योगफलमै गुमाउन पुग्यो। काठमाडौं मेयर-११ का शिर्ष क्रमका ५ प्रमुख  ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनरद्वय खडक बोहोरा ८ तथा  हरिशंकर शाह खाता नखोली आउट भएका थिए। यस्तै तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका रबिन्द्र जंग शाही ६, सन्दिप रजाली १ तथा सौरभ खनाल ५ रनमा आउट हुँदा काठमाडौं मेयर-११ खेलमा नाजुक अवस्थामा पुगेको थियो।

त्यसपछि कप्तान सन्दिप लामिछाने र कृष्ण कार्कीले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै टिमको इनिंग्स उकासे। २८ बलमा २ चौका र १ छक्काको मद्धतमा १९ रन बनाएका कार्कीलाई ललित राजवंसीले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा कप्तान लामिछानेलाई स्पिनर पवन सराफले कट एण्ड बोल्ड आउट पारे। आक्रामक ब्याटिंग गरेका उनले १७ बलमा ३ चौका र २ छक्काको मद्धतमा २६ रन बनाए। त्यसपछि सराफले सिधान्त लोहनी (१८), विवेक यादव (१) र बिपिन खत्रीको (७) विकेट लिंदै काठमाडौं मेयर-११ लाई अलआउट पारे।

काठमाडौं मेयर-११ लाई सस्तोमै समेट्न नेपाल पुलिस क्लबका स्पिनर पवन सराफले ६.२ ओभरमा १ मेडन ओभरसहित १६ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। दिपेन्द्र सिंह ऐरीले ३ विकेट ( ८-३-१८-३ ) तथा सागर ढकालले १ विकेट लिए।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपाल पुलिस क्लबले ४७.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९७ रन बनाउंदै काठमाडौं मेयर-११ लाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खेलमा काठमाडौं मेयर-११ का स्पिनरहरु हावी भएपछि पुलिस राम्रो सुरुवात बाबजुद विशाल योगफल बनाउनबाट चुक्न पुगेको थियो।

ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५६ रनको आक्रामक साझेदारी गरे। त्यसपछि हरिशंकर शाहले दुवै ओपनरलाई विकेटकिपर खडक बोहोराबाट स्टम्प आउट गराए। धमलाले २४ बलमा ३ चौका र १ छक्काको मद्धतमा २२ तथा भुर्तेलले २९ बलमा समान ३ चौका र ३ छक्काको सहयोगमा ३४ रन बनाए। त्यसपछि १ नम्बरमा ब्याटिंग गर्न आएका अनिल शाहलाई सन्दिप लामिछानेले विकेटकिपर बोहोराबाट क्याच आउट गराए।

Bipin Khatri ( File Photo )

७५/३ को दबाब स्थितिबाट दिपेन्द सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले चौथौं विकेटका लागि २८ रनको साझेदारी गर्दै पुलिसको इनिंग्स अघि बढाए। देब्रे हाते स्पिनर बिपिन खत्रीले ऐरीलाई २४ रनमा लामिछानेबाट क्याच आउट गराउदै पुलिसलाई दबाबमा ल्याए। त्यसपछि ब्याटिंगमा आएका दिलिप नाथलाई (१२) युवा स्पिनर अनिल खरेलले आफ्नो पहिलो सिकार बनाए।

खत्रीले दोस्रो विकेट लिने क्रममा राम्रो ब्याटिंग गरिरहेका कार्कीलाई बोहोराबाट स्टम्प आउट गराउदै काठमाडौं मेयर-११ लाई खेलमा हावी गराए। कार्कीले ५५ बलमा ४ चौकाको मद्धतमा ४० रन बनाए। त्यसपछि पुलिसले २४ रनको अन्तरालमा ३ विकेट गुमाउन पुग्दा राम्रो योगफल खडा गर्नबाट चुक्यो। अन्तिममा एक किनारबाट विकेट गुमाएता पनि अर्को किनार सम्हालेका पवन सराफले २८ रन बनाउंदै पुलिसलाई सम्मानजनक योगफलसम्म डोर्याए।

स्कोरकार्ड 

काठमाडौं मेयर-११ को बलिंगमा कप्तान सन्दिप लामिछाने ( १०-०-३५-३ ) , बिपिन खत्री ( ९-१-५४-३ ) र हरिशंकर शाहले ( ९.४-२-२८-३ ) ले समान ३ विकेट लिए। यस्तै किफायती बलिंग गरेका अनिल खरेलले १ विकेट ( १०-२-२५-१ ) हात पारे।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/india-parajit-pieterson-aakramak-wn21/

https://wicketnepal.com/dhoni-abaddha-seven-jodiyo-wn21/

https://wicketnepal.com/lalitpur-mahila-mayor-cup-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy