पहिलो टि-२० मा इंग्ल्यान्डद्वारा भारत सहजै पराजित

२०७७ फाल्गुन २८, शुक्रबार २२:२८

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत पाँच वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि ८ विकेटले सहजै विजयी भएको छ।

अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको १२५ रनको लक्ष्य इंग्ल्यान्डले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ओपनर जेसन रोय र डेविड मलानले राम्रो सुरुवात गर्दै ७२ रनको साझेदारी गरे। आठौँ ओभरमा युजभेन्द्र चहलबाट एलबिडब्लु हुनु अघि बटलरले २८ रन बनाए। अर्धशतक बनाउन १ रनले चुक्दै १२ औं ओभरमा जेसन रोय वासिंगटन सुन्दरबाट एलबिडब्लु भए। उनले ३२ बलमा ४ चौका र ३ छक्का मद्दतले ४९ रन बनाए।

तेश्रो विकेटको लागि डेविड मलान र जोने बेयरस्टोले अविजित ४१ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। मलानले २० बलमा २ चौका र १ छक्का मद्दतले २४ रन तथा बेयरस्टोले १७ बलमा १ चौका र २ छक्का मद्दतले २६ रन बनाए।

भारतको बलिंगमा वासिंगटन सुन्दर ( २-०-१०-१ ) र युजभेन्द्र चहलले ( ४-०-४४-१ ) ले समान १ विकेट लिए।

आर्चरको उत्कृस्ट बलिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो।

भारतको सुरुवात निकै खराब रहेको थियो। पहिलो ओभरमा १ रन मात्र ओपनर केएल राहुललाई जोफ्रा आर्चरले बोल्ड गरे। तेश्रो ओभरमा खाता नखोल्दै कप्तान बिराट कोहलीलाई आदील रशिदले क्याच आउट गराए। पाँचौ ओभरमा अर्का ओपनर शिखर धवन व्यक्तिगत ४ रन बनाएर मार्क वुडबाट बोल्ड भए।

२० रनको योगफलमा ३ विकेट गुमाएपछि श्रेयस ऐयरले एक किनार सम्हाले। २८ रनको साझेदारी गरेपछि रिशभ पन्तलाई बेन स्टोक्सले क्याच आउट गराए। पन्तले २३ बलमा २ चौका र १ छक्का मद्दतले २१ रन बनाए।

पन्तको विकेटपछि ऐयरले हार्दिक पान्ड्यासंग ५४ रनको साझेदारी गरे। १८ औं ओभरमा पान्ड्या र शार्दुल ठाकुरलाई लगत्तै बलमा आर्चरले क्याच आउट गराए। पान्ड्याले २१ बलमा १ चौका र १ छक्का मद्दतले १९ रन बनाए भने ठाकुरले खाता खोल्न सकेनन्। १८ औं ओभरमा आर्चरले मात्र ३ रन खर्चेर २ विकेट लिए।

भारतले इनिंग्सको अन्तिममा पनि आक्रामक ब्याटिंग गर्न सकेन। २० औं ओभरमा ६७ रन बनाएर श्रेयस ऐयरलाई क्रिस जोर्डनले क्याच आउट गराए। उनले ४८ बलमा ८ चौका र १ छक्का हिर्काए। अक्षर पटेलले अविजित ७ तथा वासिंगटन सुन्दरले अविजित ३ रन बनाए।

इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २३ रन खर्चिए। आदील रशिद, मार्क वुड, बेन स्टोक्स र क्रिस जोर्डनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत आगामी खेल अहमदावादमै मार्च १६ तारिख मंगलबार खेलिनेछ।

धेरैले पढेको 

https://wicketnepal.com/kathmandu-mayors-cup-day-6-apf-vs-ktm/

https://wicketnepal.com/s-gauchan-all-round-perf-wn21/

https://wicketnepal.com/ariiyo-paras-prerit-armi-parajit-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy