काठमाडौँ मेयर्स कपको उपाधिको लागि पुलिस र एपीएफ बीच प्रतिस्पर्धा

२०७७ फाल्गुन २९, शनिबार ०७:०३

पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब शनिवार प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ८:४५ बजे विहान टियु मैदान कीर्तिपुरमा सुरु हुनेछ।

प्रतियोगिताको लिग चरणमा पुलिस अंकतालिकाको पहिलो तथा एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो। दुवै टिमले समान ३ जित र १ हार बेहोरेता पनि पुलिस नेट रन रेटमा अघि रहेको थियो।

पुलिसले लिग चरणको पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा एपीएफसंग १ विकेटले पराजित भएको थियो। तेश्रो र चौथो खेलमा जित दर्ता गर्ने क्रममा पुलिसले काठमाडौँ मेयर्स-११ लाई १०३ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको थियो।

अर्कोतर्फ एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई समान १ विकेटले पराजित गरेको थियो। तेश्रो खेलमा बागमती प्रदेशसंग २७ रनको हार पछि चौथो खेलमा उसले काठमाडौँ मेयर्स-११ लाई ७ विकेटले पराजित गरेको थियो।

पछिल्लो ५ वटा भेटको कुरा गर्दा एपीएफले पछिल्लो ३ वटा खेलमा पुलिसलाई पराजित गरेको छ भने पुलिसले २ खेलमा एपीएफलाई पराजित गरेको छ। यसै प्रतियोगितामा एपीएफले पुलिसले दिएको २५९ रनको लक्ष्य ९ विकेट गुमाएर ४९.५ ओभरमा पुरा गर्दै १ विकेटको जित दर्ता गरेको थियो। गत महिना प्रधानमन्त्री कपको सेमीफाइनलमा एपीएफलाई पुलिसले ५ विकेटले पराजित गरेको थियो जुन क्रममा एपीएफ ४२ रनमै समेटिन पुगेको थियो।

काठमाडौँ मेयर्स कपको विजेताले पांच लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ५० हजार रुपैयाँ तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले समान २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् भने खेल खेलेको दिनमा प्रत्येक टिमका खेलाडीहरुले म्याच फिको रुपमा २ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/ind-vs-eng-t20-3-12-wn21/

https://wicketnepal.com/kathmandu-mayors-cup-day-6-apf-vs-ktm/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy