म्याच फिक्सिंग : आईसीसीद्वारा दुई युएई क्रिकेटरलाई ८ वर्षे प्रतिबन्ध

२०७७ चैत्र ३, मंगलवार १८:४८

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले युनाइटेड अरब इमिरेट्स ( युएई ) का दुई जना राष्ट्रिय क्रिकेटर मोहम्मद नभिद र शैमन अनवरलाई ८ वर्षको लागि क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाइएको छ।

यसै वर्ष जनवरीमा दुई खेलाडीले दुई वटा भ्रस्टाचार निरोधि कानुन उल्लंघन गरेको दोषी पाइएको थियो जसपछि दुवैलाई निलम्बित गरिएको थियो। सोहि समयबाट अब दुवैको प्रतिबन्धको अवधि सुरु हुनेछ।

सन् २०१९ मा खेलिएको टि-२० विश्वकप ग्लोबल छनोट प्रतीयोगीतामा शैमन र नभिदले फिक्सिंगको प्रयास गरेका थिए। नभिदलाई पहिले पनि २०१९ को टि-१० लिगको दौरान फिक्सिंगको आरोप लागेको थियो।

आईसीसीले प्रेस बिज्ञप्ति जारि गर्दै दुवैलाई भ्रस्टाचार निरोधि कानुन उल्लंघन गरेको आरोपमा ८ वर्षे प्रतिबन्ध लगाइएको बताएको छ। आईसीसीका जेनेरल म्यानेजर एलेक्स मार्शलले बताएका छन् –

“मोहम्मद नभिद र शैमन अनवरले आफ्नो देश युएईको उच्चस्तरमा नेतृत्व गरेका थिए। नभिद टिमको कप्तान रहीसकेका छन् भने सबैभन्दा बढी विकेट लिने खेलाडी पनि हुन्। अनवर ओपनिंग ब्याट्सम्यान थिए। दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समय बिताएका छन्। यत्रो अनुभव पछि उनीहरु फिक्सिंग गर्ने व्यक्तिहरुबाट टाढा हुनु पर्ने थियो। दुवै जना जसरि यस्तो क्रियाकलापमा सामेल भए त्यो आफ्नो पद, साथीहरुसंग विश्वासघात हो भने सबै युएई क्रिकेट समर्थकहरुलाई पनि धोका हो।”

३३ वर्षीय नभिदले युएईको लागि ३९ एकदिवसीय अन्तर्राष्ट्रिय र ३१ टि-२० अन्तर्राष्ट्रियमा तथा ४२ वर्षीय अनवरले ४० एकदिवसीय अन्तर्राष्ट्रिय र ३२ टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका थिए। २०१९ अगस्टमा दुवैले अन्तिम पटक प्रतिस्पर्धात्मक क्रिकेट खेलेका थिए।

नभिदले नेपालको घरेलु क्रिकेट टि-२० लिग पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग समेत खेलेका थिए।

सम्बन्धित :-

https://wicketnepal.com/ind-vs-eng-t20i-mar14-news/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy