इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत पांच टि-२० को सिरिज अन्तर्गत तेश्रो खेल अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा चलीरहेको छ।
खेलमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाउदै इंग्ल्यान्डलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतको सुरुवात खराब रह्यो। ओपनर केएल राहुल खाता नखोली तेश्रो ओभरमा मार्क वुडबाट बोल्ड भए। पाँचौ ओभरमा १५ रन बनाएका रोहित शर्मालाई वुडले क्याच आउट गरे। लगत्तै ओभरमा इशान किशन ४ रन बनाएर क्रिस जोर्डनबाट क्याच आउट भए।
चौथो विकेटको लागि कप्तान बिराट कोहली र रिशभ पन्तले ४० रनको साझेदारी गरे। १२ औं ओभरमा पन्त रन आउट हुन पुगे जसले २५ रन बनाए। पन्तको विकेट पछि श्रेयस ऐयर मात्र ९ रन बनाएर वुडको तेश्रो शिकार बन्दै क्याच आउट भए।

छैठौं विकेटको लागि कोहलीले हार्दिक पान्ड्यासंग मात्र ३० बलमा ७० रनको साझेदारी गरे। पान्ड्या इनिंग्सको अन्तिम बलमा क्रिस जोर्डनबाट क्याच आउट भए जस अघि उनले १७ रन बनाए।
अन्तिम ५ ओभरमा भारतले मात्र १ विकेट गुमाएर ६९ रन बनायो।
कोहलीले टि-२० अन्तर्राष्ट्रिय करियरको २७ औं अर्धशतक बनाए। उनले अविजित ७७ रन बनाए जुन क्रममा ४६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।अघिल्लो खेलमा पनि उनले अविजित ७३ रन बनाएका थिए। सन् २०१६ को टि-२० विश्वकप पछि पहिलो पटक कोहलीले लगातार दुई वटा टि-२० अर्धशतक बनएका हुन्।
इंग्ल्यान्डको बलिंगमा मार्क वुडले सर्वाधिक ३ विकेट ( ४-०-३१-३ ) तथा क्रिस जोर्डनले २ विकेट ( ४-१-३५-२ ) लिए।
सिरिज हाल १-१ को बराबरीमा रहेको छ। पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो भने दोश्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।
धेरैले पढेको
https://wicketnepal.com/ind-vs-eng-t20i-mar14-news/
https://wicketnepal.com/icc-dwara-2-uae-cric-8-barshe/
https://wicketnepal.com/epl-naya-miti-ghoshana-wn21/
