इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत बिहिबार राति अहमदावादमा सम्पन्न चौथो टि-२० मा भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव विवादास्पद तरिकाले आउट भए। यादवको उक्त विवादास्पद विकेट पछि क्रिकेटको ‘सफ्ट सिग्नल’ प्रोटोकल विवादमा आएको छ।
भारतको लागि पहिलो पटक टि-२० अन्तर्राष्ट्रियमा ब्याटिंग गरेका सूर्यकुमार यादवले उत्कृस्ट अर्धशतक बनाउदै भारतलाई खेलमा बलियो अवस्थामा पुर्याउदै थिए। मात्र ३० बलमा ६ चौका र ३ छक्का मद्दतले उनले ५७ रन बनाएका थिए। तर यादवले सामना गरेको ३१ औं बलमा स्याम करनलाई प्याडल स्विप गर्दै उनले छक्का हिर्काउने प्रयास गरे। डिप-फाइनल लेगबाट दौडदै इंग्ल्यान्ड फिल्डर दविड मलानले क्याच समाते।
सुरुवातमा हेर्दा मलानले बल स्पस्ट रुपमा समातेको देखिएको थियो तर अन-फिल्ड अम्पायर केएन अनन्थापद्मानाभनले निर्णय लागि थर्ड अम्पायरलाई जिम्मा दिए जुन क्रममा उने सफ्ट सिग्नल ‘आउट’ दिएका थिए।
थर्ड अम्पायरले केहि मिनेट स्लो मोसनमा रिप्ले हेर्दै मलानले क्याच स्पस्ट रुपमा लिए या लिएनन् हेरे। बारम्बार रिप्ले हेरेपछि अन्ततः थर्ड अम्पायरले क्याच स्पस्ट लिएको या लिएको पर्याप्त प्रमाण भिडियो फुटेजमा नदिएको भन्दै अम्पायरको सफ्ट सिग्नललाई आधार मानेर आउट निर्णय दिए। थर्ड अम्पायर विरेन्द्र शर्माले उक्त निर्णय दिन ४ मिनेटसम्म रिप्ले हेरेका थिए।

उक्त निर्णय पछि अनफिल्ड अम्पायरले ५० यार्ड भन्दा पनि परको बललाई सफ्ट सिन्ग्नल आउट दिएकोमा धेरैले प्रश्न चिन्ह खडा गरे। रिप्लेमा हेर्दा केहि एंगलबाट बलले मैदानमा छोएको देखिएको थियो।
यो वर्ष सुरुवातमा क्रिकेटको नियम बनाउने एमसीसीको वर्ल्ड क्रिकेट कमिटिले ३० यार्ड सर्कल बाहिरको निर्णय अम्पायरले दिंदा सफ्ट सिंगल हटाउने बारे बहस भएको थियो। उक्त मिटिंग पछि एमसीसीले यस्तो बिज्ञप्ति जारी गरेको थियो –
“सफ्ट सिग्नलले ३० यार्ड सर्कल भित्र राम्रो काम गरेको महसुस गरेका छौँ तर बाउन्ड्री नजिकको क्याचको खण्डमा अम्पायरले प्राय देख्ने गर्दैनन्। त्यसैले प्रस्ताव गरेका छौँ कि त्यस्तो क्याचको लागि सफ्ट सिग्नल ‘आउट’ या ‘नट आउट’ दिनु भन्दा अनफिल्ड अम्पायरले टिभी अम्पायरलाई ‘स्पस्ट नदेखिएको’ बताउन सक्नेछ।
बिराट कोहलीले के भने
‘सफ्ट सिग्नल’ विवाद पछि भारतीय टिमका कप्तान बिराट कोहलीले अन-फिल्ड अम्पायरसंग थर्ड अम्पायरलाई क्याच बारे सफ्ट सिग्नल दिने या नदिनेमा बिकल्प हुनु पर्ने विचार स्पस्ट राखेका छन्।
“टेस्ट सिरिजको दौरान मेरो छेउमा अजिंके रहानेले स्पस्ट रुपमा क्याच समातेको थियो तर उनि आफै निश्चित थिएनन् र निर्णय थर्ड अम्पायरसम्म पुग्यो।” कोहलीले खेलपछि बताए “आधा-आधा जस्तो देखिने क्याच हुँदा फिल्डर आफै निश्चित हुँदैन, त्यस्तो अवस्थामा अम्पायरले कुनै पनि हालतमा त्यो स्पस्ट देखेको हुँदैन। सफ्ट सिग्नल त्यो अवस्थामा निकै महत्वपूर्ण रहन्छ। मलाई थाहा छैन किन त्यहाँ अम्पायरसंग “मलाई थाहा छैन” भन्न सक्ने बिकल्प छैन। यो पनि ‘अम्पायर्स कल’ जस्तै विषय हो।
“त्यस्तो निर्णयहरु हुन्छ जसले खेलको नतिजा परिवर्तन गर्न सक्छ , अझ विशेष गरि ठूलो खेलहरुमा। आज हामिमाथि यो निर्णय थियो भोलि अर्को टिम हुन सक्छ। त्यसैले यो विषयमा अब स्पस्ट हुनु जरुरि छ र खेललाई अझ समान्य बनाउनु पर्छ। यदी दवावपूर्ण खेलमा यस्तो कुरा आएको खण्डमा अझ समस्या आउनेछ।” उनले थपे।
सुर्यकुमार यादवको क्याच पछि ट्वीटर प्रतिक्रियाहरु
How can this be out. When you are not sure whether the ball was taken cleanly after watching so many replays using top class technology and still go by the soft signal given by the on-field umpire. I think this rule needs to be revisited and changed. #INDvsENG pic.twitter.com/b5XMdH8qEz
— VVS Laxman (@VVSLaxman281) March 18, 2021
Soft Signal for catches taken in the deep is farcical. MUST be avoided. Adding to the confusion. Not solving a problem. #IndvEng
— Aakash Chopra (@cricketaakash) March 18, 2021
Violets are blue, so is Sky
Dear @icc ‘soft signal’ why?
#IndvEng #suryakumar #NotOut pic.twitter.com/cCDYXjpMVt— Wasim Jaffer (@WasimJaffer14) March 18, 2021
How can one have a soft signal for this type of dismissal?#INDvsENG_2021 pic.twitter.com/q6xXuAuQL4
— Pushkar Pushp (@ppushp7) March 18, 2021
Boundary catches should not have an on field soft signal …. it’s hard enough getting decisions right from 22 yds never mind 80 !!! #INDvENG
— Michael Vaughan (@MichaelVaughan) March 18, 2021
Third umpire while making that decision. #INDvENGt20 #suryakumar pic.twitter.com/JJp2NldcI8
— Virender Sehwag (@virendersehwag) March 18, 2021
Third Umpire #virendrasharma during #INDvsENG match#softsignal pic.twitter.com/jCY1fQx3NA
— Sumit Nagpal (@amazingnagpal) March 18, 2021
Ah, a measured response! As things stand, it is mandatory. It is a grey area, almost impossible for an umpire to judge. But an “unsighted” call is very difficult to resolve with even the best cameras. Everything looks not-out! We may not like it but there is no solution for now https://t.co/nz82wmlQAG
— Harsha Bhogle (@bhogleharsha) March 18, 2021
No way Standing Umpire is going to know whether the catch was clean or not from that far. Umpire’s soft signal decision needs to be scrap and the decision should be left solely on the third umpire. We don’t want these things happening in World Cup Semi-final/final.#INDvENG
— SAMRAAT MAHARJAN (@DynamiteXI) March 18, 2021
अनफिल्ड अम्पायरले सफ्ट सिग्नल ‘आउट’ दिने हो या त ‘नट-आउट’ अन्य बिकल्प छैन। ‘रन आउट’ जस्तै यस्ता क्याचको निर्णय दिंदा पनि ‘सफ्ट सिग्नल’ भन्दा सिधै टिभी अम्पायरलाई निर्णय गर्ने अधिकार दिनु उपयुक्त हुन्छ। त्यति टाढा लिएको क्याच आउट दिएको आधार के ? #सूर्यकुमारयादव #INDvsENG
— Birat Jung Rayamajhi (@cricketbirat) March 18, 2021
धेरैले पढेको
https://wicketnepal.com/ind-vs-eng-318-news-t20-wn21/
https://wicketnepal.com/spl-fixture-ann-wn21/
https://wicketnepal.com/romanchak-khel-rsser-in-wi/
