चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको सम्पूर्ण तयारी सकिएको छ।
सप्तरी क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा आइतबार कुशल भुर्तेल मार्की खेलाडी रहेको रुपनी राईडर्स र सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्। खेल बिहान १० बजे सुरु हुनेछ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले प्रतियोगितामा सहभागी हुन अधिकांश राष्ट्रिय क्रिकेटरहरु सप्तरी आईपुगेको र उद्घाटन खेलको लागि मैदान लगायत सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएका छन्।
लिगमा यो पटक बसन्त रेग्मी, पवन सर्राफ, आसिफ शेख, अनिल साह, सुनिल धमला, मेहबुब आलम जस्ता राष्ट्रिय क्रिकेटरहरु तथा उमेर समुह राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका क्रिकेटरहरु समेत सहभागी रहेका छन्।

लिगमा तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन , बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन , रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन , टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन्।
लिगमा सहभागी खेलाडीहरुको चयन अक्सनमार्फत गरिएको थियो।
सहभागी पाँचवटा टोलिले सिंगल राउण्ड रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्। सबै टिमले एकअर्का बिरुद्ध एक-एक खेल खेली सकेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले चैत्र १४ गते शनिवार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। लिगको पहिलो दिन एक खेल मात्र हुनेछ जसपछि चैत्र ९ गते देखि १२ गते सम्म दुईवटा खेल खेलिनेछ। चैत्र १३ गते लिगको अन्तिम एक खेल हुनेछ।
लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराएका छन्।
लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा संचालन हुनेछन्। दर्शकहरुले खेल हेर्नको लागि टिकट काट्नु पर्नेछ।
कुन टिममा को-को छन् खेलाडी
टिभीएस किंग्स राजविराज : मेहबुब आलम ( मार्की खेलाडी ) , रोहित कुमार सिंह ( लोकल आइकन ) , आसिफ शेख , प्रशान्त सिंह , सोनु तामांग , सोनु अन्सारी , प्रशान्त सिंह , रोबिन कुमार सिंह ( रु. ७ हजार ) , कमल खत्री , इकबाल हुसेन , रुपेश सिंह , अमल दास , बिबेक यादब , संजित साह , प्रशान्त शाह , सुदर्शन सिंह
बोदे बर्साईन थन्डर्स : सिद्धान्त लोहनी ( मार्की खेलाडी ) , विकास दास ( लोकल आइकन ) , बसन्त रेग्मी , योगेन्द्र सिंह कार्की, अविनाश कर्ण, बिशाल सुश्लिंग , नारायण जोशी , पप्पु कुमार यादव , राहुल कुमार मण्डल , राजिब यादव , आकाश यादव , अमन यादव , मोहम्मद सकिम , अशन जमल , बिशाल यादव
तिलाठी कोइलाडी : दिपेन्द्र ऐरी ( मार्की खेलाडी ) , आशिष झा ( लोकल आइकन ) , राशिद खान , सन्तोष कार्की , आदील अन्सारी , रोहण बिके , दिपेश कंडेल, नितेश यादव , मनिष मण्डल , चित्र बहादुर बिस्ट , अमित मण्डल , युबराज मण्डल, साकेत सिंह , दिपेश सर्दार , अजय मरिक
रुपनी राईडर्स : कुशल भुर्तेल ( मार्की खेलाडी ) , अनुज कुमार यादव ( लोकल आइकन ) , सुनिल धमला , लोकेश बम , अमित यादव , फिर्दोश अन्सारी , सुमित झा , अनुज कुमार यादव , रेवती यादव , निरज मुखिया, भोला शाह , प्रभु यादव , बिकी चौधरी , अशोक मेहता, बल कृष्ण यादव
बजाज खडक वारियर्स : पवन सर्राफ ( मार्की खेलाडी ) , बिबेक यादव ( लोकल आइकन ) ,अनिल शाह , अनिल खरेल , मुकुन्द यादव , गुलसन झा , गोमानंद अमात , निरज कुमार यादव , प्रशान्त राई , अजय यादव। पप्पु यादव , राज वर्मा , अबिसेक कार्की, नबिन कुमार मण्डल , भिम यादव
सप्तरी प्रिमियर लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। लिगको आयोजना पटक राज रंगशालामा खेलिनेछ जहाँ दर्शकहरुले खेल हेर्न टिकट काट्नुपर्ने छ। यस अघि प्रतियोगिता पबि स्कुलमा आयोजना हुँदै आएको थियो। लिग सिङ्गल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ।
सम्बन्धित
https://wicketnepal.com/spl-3-auction-news-wn21/
https://wicketnepal.com/soft-signal-bibad-wn21/
