सप्तरी प्रिमियर लिग : सुनिल धमला चम्किदा रुपनी विजयी

तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। लिग अन्तर्गत उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्यो।

राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले पुरै २० ओभर ब्याटिंग गरेता पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड 

बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन , योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रन बनाए।

रुपनी राईडर्सको बलिंगमा सुमित झाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। अनिल यादवले २ विकेट तथा फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १४७ रन बनाएको थियो।

रुपनीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। निरज मुखियाले १९ रन, अनिल यादवले अविजित १७ रन, अनुज यादवले अविजित १५ रन तथा कुशल भुर्तेलले १२ रन बनाए।

बोदे बर्साईनको बलिंगमा अफस्पिनर बिशाल सुश्लिंगले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २६ रन खर्चिए। नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सुनिल धमला चुनिए।

लिग अन्तर्गत सोमबार दुई खेल संचालन हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सर्राफ कप्तानीको बजाज खडक वारियार्स तथा दिउसो १ बजे हुने खेलमा मेहबुब आलम कप्तानी टिभीएस किंग्स राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादवले ब्याटिंग गर्दै तथा उपमेयर साधना झाले बलिंग गर्दै गर्नु भएको थियो। उद्घाटन समारोहमा सप्तरी प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, बोदे बर्साईन नगरपालिकाका मेयर आतेष कुमार सिंह, भिम दल गणका कर्नेल निरज भण्डारी, शशस्त्र प्रहरी बलका उपरीक्षक राजु श्रेष्ठ, राजबिराज नगरपालिकाका वडा नम्बर-५ का अध्यक्ष समिर कुमार झा, वडा नम्बर८ का अध्यक्ष जयनारायण मण्डल, प्रदेश-२ क्रिकेट संघका अध्यक्ष हिरा भगत, नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय उपाध्यक्ष शैलेश कुमार चौधरी, न्यु राज लक्ष्मी ज्वेलर्सका प्रोपाइटर शत्रुधन कुमार ठाकुर लगायतको उपस्थिति रहेको थियो।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]