राष्ट्रिय क्रिकेटरले एक वर्षको पारिश्रमिक पाउने

२०७७ चैत्र ८, आईतवार २२:१९

नेपाल क्रिकेट सङ्घ (क्यान)को सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरले एक वर्षकै पारिश्रमिक पाउने भएका छन् ।

सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीसँग ६ महिनाको सम्झौता गरे पनि क्यानले एक वर्षकै पारिश्रमिक उपलब्ध गराउने भएको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले महिला र पुरुष खेलाडीलाई एक वर्षकै पारिश्रमिक उपलब्ध गराउन लागिएको जानकारी दिँदै खेलाडीको पारिश्रमिक स्वरूप आइसिसीबाट एक वर्षकै रकम उपलब्ध भइसकेको बताउनुभयो ।

पहिलो पटक महिला खेलाडीलाई क्यानले आफ्नो सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । असोज ६ गते क्यानले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा महिला तथा पुरुष दुवै तर्फका खेलाडीको सम्झौता ६ महिनाको रहने जनाएको थियो । तर, क्यानले महिला र पुरुष खेलाडीलाई एक वर्षकै पारिश्रमिक दिन लागेको हो ।

गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक २२ महिला खेलाडीको वर्गीकरण गरेको थियो । महिला खेलाडीलाई क्यानले ‘ए’ , ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।

( साभार – रेडियो नेपाल )

धेरैले पढेको 

https://wicketnepal.com/lalitpur-mayor-womens-champ-chaitra-21/

https://wicketnepal.com/soft-signal-bibad-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy