सप्तरी प्रिमियर लिग : तिलाठी कोइलाडीको जितमा आशिष उत्कृस्ट

२०७७ चैत्र ९, सोमबार १३:०३

राजविराजमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टसले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ।

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १०० रनको लक्ष्य तिलाठी कोइलाडी जायन्टसले १७.४ ओभरमा ६ विकेट क्षेतीमा पुरा गर्यो। स्कोरकार्ड 

तिलाठी कोइलाडी जायन्टसको लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र ३ छक्का प्रहार गरे। दिपेश कंडेलले अविजित १३ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाउन सके।

बजाज खडक वारियर्सको बलिंगमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो।

वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए।

तिलाठी कोइलाडी जायन्टसको बलिंगमा दायाँ हाते फास्ट बलर आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.३ ओभरमा २० रन खर्चिए। राशिद खान र दिपेश कंडेलले समान २ विकेट लिए जुन क्रममा दुवै बलरले ४ ओभरमा मात्र १३ रन खर्चिए। कप्तान दिपेन्द्र सिंह ऐरी र मनिष मण्डलले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा चुनिए।

यो पनि पढ्नुस

https://wicketnepal.com/spl-day-1-news-wn21-rupani/

https://wicketnepal.com/eng-vs-ind-t20-iser-329/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy