सप्तरी प्रिमियर लिग : तिलाठी कोइलाडीको जितमा आशिष उत्कृस्ट

राजविराजमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टसले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ।

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १०० रनको लक्ष्य तिलाठी कोइलाडी जायन्टसले १७.४ ओभरमा ६ विकेट क्षेतीमा पुरा गर्यो। स्कोरकार्ड 

तिलाठी कोइलाडी जायन्टसको लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र ३ छक्का प्रहार गरे। दिपेश कंडेलले अविजित १३ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाउन सके।

बजाज खडक वारियर्सको बलिंगमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो।

वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए।

तिलाठी कोइलाडी जायन्टसको बलिंगमा दायाँ हाते फास्ट बलर आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.३ ओभरमा २० रन खर्चिए। राशिद खान र दिपेश कंडेलले समान २ विकेट लिए जुन क्रममा दुवै बलरले ४ ओभरमा मात्र १३ रन खर्चिए। कप्तान दिपेन्द्र सिंह ऐरी र मनिष मण्डलले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा चुनिए।

यो पनि पढ्नुस

सप्तरी प्रिमियर लिग : सुनिल धमला चम्किदा रुपनी विजयी

पाँचौ खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै भारतले जित्यो टि-२० सिरिज





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]