सप्तरी प्रिमियर लिग :धमलाको अलराउण्ड प्रदर्शनमा रुपनी राईडर्स विजयी

२०७७ चैत्र १०, मंगलवार १३:३२

राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो दिन सम्पन्न पहिलो खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सले दोश्रो जित दर्ता गर्ने क्रममा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गरेको छ।

सप्तरीको राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा रुपनी राईडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड , अंकतालिका 

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रन बनाए।

रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए। यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए।

दिपेन्द्र ऐरीले ४९ रन बनाए

यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो।

रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए। लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए।

तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। .राशिद खान र आदील अन्सारीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/lalitpur-mayor-cup-khel-talika-wn21/

https://wicketnepal.com/mm-cup-action-sports-wn21/

https://wicketnepal.com/spl-day-2-news-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy