भारत र इंग्ल्यान्ड बीच तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु भएको छ।
भारतको पुने स्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सुरु भएको खेलमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ३१७ रन बनाउदै इंग्ल्यान्डलाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतको सुरुवात राम्रो रह्यो। पहिलो विकेटको लागि रोहित शर्मा र शिखर धवनले ६४ रनको साझेदारी गरे। ४२ बलमा २८ रन बनाएका रोहितलाई बेन स्टोक्सले क्याच आउट गराए।
शिखर धवनले दोश्रो विकेटको लागि कप्तान बिराट कोहलीसंग शतकीय साझेदारी गरे। ३३ औं ओभरमा कोहलीलाई मार्क वुडले मोईन अलिबाट क्याच आउट गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए। त्यस अघि कोहलीले ६० बलमा ६ चौका मद्दतले ५६ रन बनाए। ३५ औं ओभरमा ६ रन बनाएका श्रेयस ऐयरलाई मार्क वुडले क्याच आउट गराए।

१८ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गर्न २ रनले चुक्दै शिखर धवन ३९ औं ओभरमा बेन स्टोक्सले जोस बटलरबाट क्याच आउट गराए। धवनले १०६ बलमा ११ चौका र २ छक्का मद्दतले ९८ रन बनाए। ४१ औं ओभरमा हार्दिक पान्ड्या मात्र १ रन बनाएर स्टोक्सबाट क्याच आउट भए।
छैठौं विकेटको लागि केएल राहुल र डेब्यु गरिरहेका क्रुनाल पान्ड्याले छैठौं विकेटको लागि ५७ बलमा अविजित ११२ रनको साझेदारी गरे।
राहुलले अविजित ६२ रन ( ४३ बलमा ४ चौका र ४ छक्का ) तथा क्रुनालले अविजित ५८ रन ( ३१ बलमा ७ चौका र २ छक्का ) बनाए।
इंग्ल्यान्डको बलिंगमा बेन स्टोक्सले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ८ ओभरमा १ मेडन ओभर गर्दै ३४ रन खर्चिए। यस्तै मार्क वुडले २ विकेट लिए जुन क्रममा १० ओभरमा ७५ रन खर्चिए।
दुई देश बीच यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज र टेस्ट सिरिज भारतले जितेको थियो।
धेरैले पढेको
https://wicketnepal.com/anil-aakramak-shatak-bajaj-win-wn21/
https://wicketnepal.com/lalitpur-mayor-cup-khel-talika-wn21/
