इंग्ल्यान्डलाई ६६ रनले पराजित गर्दै भारतले भ्रमण टोलि इंग्ल्यान्ड बिरुद्ध तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरको छ।
भारतको पुने स्थिति महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याउने क्रममा भ्रमण टोलिले ४२.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २५१ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको सुरुवात उत्कृस्ट रह्यो। जेसन रोय र जोनी बेयरस्टोले १४.२ ओभरमा १३५ रनको साझेदारी गरे।
जेसन रोयलाई डेब्यु गरिरहेका फास्ट बलर प्रसिध कृष्णाले क्याच आउट गराउदै भारतलाई खेलमा फर्काए। प्रसिधले १७ औं ओभरमा १ रन बनाएका बेन स्टोक्सलाई क्याच आउट गराए।

२३ औं ओभरमा ९४ रनको व्यक्तिगत स्कोरमा जोनी बेयरस्टोलाई शार्दुल ठाकुरले क्याच आउट गराए। त्यस अघि बेयरस्टोले मात्र ६६ बलमा ६ चौका र ७ छक्का प्रहार गरे। त्यसपछि २२ रन बनाएका कप्तान ओएन मोर्गन र २ रन बनाएका जोस बटलरलाई ठाकुरले पेभेलियन फर्काए।
त्यसपछि इंग्ल्यान्डले लगातार विकेट गुमाउन पुग्यो। १८ रन बनाएका स्याम बिलिंग्सलाई कृष्णाले तथा ३० रन बनाएका मोइन अलिलाई भुवनेश्वर कुमारले क्याच आउट गराए। त्यसपछि इंग्ल्यान्डको तल्लो क्रमका ब्याट्सम्यानहरु पनि क्रिजमा जम्न सकेनन्।
१३५/० को अवस्थाबाट थप ११६ रन जोड्दा इंग्ल्यान्डले बाँकी १० विकेट गुमाउन पुग्यो।
भारतको बलिंगमा डेब्यु गरेका दायाँ हाते फास्ट बलर प्रसिध कृष्णाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ८.१ ओभरमा १ मेडन ओभर गर्दै ५४ रन खर्चिए। शार्दुल ठाकुरले ३ विकेट ( ६-०-३७-३ ) , भुवनेश्वर कुमारले २ विकेट ( ९-०-३०-२ ) तथा क्रुनाल पान्ड्याले १ विकेट ( १०-०-५९-१ ) लिए।
प्रसिध कृष्णा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा ४ वा बढी विकेट लिने पहिलो भारतीय बलर बने।
यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ३१७ रन बनाएको थियो।
भारतको सुरुवात राम्रो रह्यो। पहिलो विकेटको लागि रोहित शर्मा र शिखर धवनले ६४ रनको साझेदारी गरे। ४२ बलमा २८ रन बनाएका रोहितलाई बेन स्टोक्सले क्याच आउट गराए।
शिखर धवनले दोश्रो विकेटको लागि कप्तान बिराट कोहलीसंग शतकीय साझेदारी गरे। ३३ औं ओभरमा कोहलीलाई मार्क वुडले मोईन अलिबाट क्याच आउट गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए। त्यस अघि कोहलीले ६० बलमा ६ चौका मद्दतले ५६ रन बनाए। ३५ औं ओभरमा ६ रन बनाएका श्रेयस ऐयरलाई मार्क वुडले क्याच आउट गराए।

१८ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गर्न २ रनले चुक्दै शिखर धवन ३९ औं ओभरमा बेन स्टोक्सले जोस बटलरबाट क्याच आउट गराए। धवनले १०६ बलमा ११ चौका र २ छक्का मद्दतले ९८ रन बनाए। ४१ औं ओभरमा हार्दिक पान्ड्या मात्र १ रन बनाएर स्टोक्सबाट क्याच आउट भए।
छैठौं विकेटको लागि केएल राहुल र डेब्यु गरिरहेका क्रुनाल पान्ड्याले छैठौं विकेटको लागि ५७ बलमा अविजित ११२ रनको साझेदारी गरे।
राहुलले अविजित ६२ रन ( ४३ बलमा ४ चौका र ४ छक्का ) तथा क्रुनालले अविजित ५८ रन ( ३१ बलमा ७ चौका र २ छक्का ) बनाए। क्रुनालले मात्र २६ बलमा अर्धशतक पुरा गरेका थिए जुन एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा कुनै पनि खेलाडीको सबैभन्दा छिटो अर्धशतक हो।
इंग्ल्यान्डको बलिंगमा बेन स्टोक्सले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ८ ओभरमा १ मेडन ओभर गर्दै ३४ रन खर्चिए। यस्तै मार्क वुडले २ विकेट लिए जुन क्रममा १० ओभरमा ७५ रन खर्चिए।
सिरिज अन्तर्गत आगामी खेल मार्च २६ तारिख शुक्रबार तथा तेश्रो खेल मार्च २८ तारिख आइतबार खेलिनेछ।
दुई देश बीच यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज र टेस्ट सिरिज भारतले जितेको थियो।
यो पनि पढ्नुस
https://wicketnepal.com/anil-aakramak-shatak-bajaj-win-wn21/
https://wicketnepal.com/lalitpur-mayor-cup-khel-talika-wn21/
