सप्तरी प्रिमियर लिग : अनिल शाहको लगातार शतक

२०७७ चैत्र ११, बुधबार १०:५१

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि-२० अन्तर्गत बजाज खडक वारियर्सको प्रतिनिधित्व गरिरहेका राष्ट्रिय क्रिकेटर अनिल शाहले लगातार दोश्रो शतक प्रहार गरेका छन्।

अघिल्लो खेलमा मंगलबार बोदे बर्साईन थन्डर्स बिरुद्ध शतक प्रहार गरेका अनिलले दोश्रो शतक प्रहार गर्ने क्रममा रुपनी राईडर्स बिरुद्ध आक्रामक ब्याटिंग गर्दै ११३ रन बनाएका हुन्। अनिलले ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै ११३ रन बनाए।

१९ औं ओभरमा दोश्रो बलमा फिर्दोश अन्सारीको बलमा छक्का प्रहार गर्दै ९९ रनबाट अनिलले शतक पुरा गरेका थिए।  उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात् ६० बलमा शतक पुरा गरेका थिए। शतक पुरा गरेपछि उनलाई फिर्दोश अन्सारीले क्याच आउट गराए।

खेलमा टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाउदै रुपनी राईडर्सलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाए। उनले मत्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। अनिल र विवेकले तेश्रो विकेटको लागि मात्र ५४ बलमा १३८ रनको साझेदारी गरेका थिए।

रुपनि राईडर्सको बलिंगमा अनिल यादवले २ विकेट ( ४-०-३४-२ ) लिए भने फिर्दोश अन्सारी ( ४-०-५५-१ ) र कुशल भुर्तेल ( ३-०-३७-१ ) ले समान १ विकेट लिए। स्कोरकार्ड, अंकतालिका 

धेरैले पढेको 

https://wicketnepal.com/ind-vs-eng-1st-odi-wn21-res-323/

https://wicketnepal.com/lalitpur-mayor-cup-khel-talika-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy