सप्तरी प्रिमियर लिग : अनिल शाहको लगातार शतक

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि-२० अन्तर्गत बजाज खडक वारियर्सको प्रतिनिधित्व गरिरहेका राष्ट्रिय क्रिकेटर अनिल शाहले लगातार दोश्रो शतक प्रहार गरेका छन्।

अघिल्लो खेलमा मंगलबार बोदे बर्साईन थन्डर्स बिरुद्ध शतक प्रहार गरेका अनिलले दोश्रो शतक प्रहार गर्ने क्रममा रुपनी राईडर्स बिरुद्ध आक्रामक ब्याटिंग गर्दै ११३ रन बनाएका हुन्। अनिलले ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै ११३ रन बनाए।

१९ औं ओभरमा दोश्रो बलमा फिर्दोश अन्सारीको बलमा छक्का प्रहार गर्दै ९९ रनबाट अनिलले शतक पुरा गरेका थिए।  उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात् ६० बलमा शतक पुरा गरेका थिए। शतक पुरा गरेपछि उनलाई फिर्दोश अन्सारीले क्याच आउट गराए।

खेलमा टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाउदै रुपनी राईडर्सलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाए। उनले मत्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। अनिल र विवेकले तेश्रो विकेटको लागि मात्र ५४ बलमा १३८ रनको साझेदारी गरेका थिए।

रुपनि राईडर्सको बलिंगमा अनिल यादवले २ विकेट ( ४-०-३४-२ ) लिए भने फिर्दोश अन्सारी ( ४-०-५५-१ ) र कुशल भुर्तेल ( ३-०-३७-१ ) ले समान १ विकेट लिए। स्कोरकार्ड, अंकतालिका 

धेरैले पढेको 

डेब्युमा क्रुनाल र कृष्णाको किर्तिमान, इंग्ल्यान्ड ६६ रनले पराजित

ललितपुर मेयर महिला च्याम्पियनसिप : उद्घाटन खेलमा प्रदेश-१ र एपीएफ बीच प्रतिस्पर्धा





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]