सप्तरी प्रिमियर लिग : सिद्धान्त लोहनीको आक्रामक शतक

राजविराजको सप्तरीमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि-२० लिगमा सिद्धान्त लोहनीले शतक बनाएका छन्।

लिग अन्तर्गत पाँचौ दिनको दोश्रो खेलमा बोदे बर्साईन थन्डर्सको प्रतिनिधित्व गर्दै सिद्धान्तले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टस बिरुद्ध शतक बनाएका हुन्। प्रतियोगितामा प्रहार भएको यो तेश्रो शतक हो। यस अघि दुवै शतक बजाज खडक वारियर्सका अनिल शाहले प्रहार गरेका थिए।

खेलमा टस जितेर ब्याटिंग गरेको बोदे बर्साईन् थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाउदै तिलाठी कोईलाडीलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेकोछ।

कप्तान सिद्धान्त लोहनीले इनिंग्सको अन्तिम बलमा आदील अन्सारीको बलमा १ रन लिंदै शतक पुरा गरेका थिए। ४९ बल सामना गरेको सिद्धान्तले १२ चौका र ६ छक्का प्रहार गर्दै अविजित १०० रन बनाए।

सिद्धान्त बाहेक बोदे बर्साईनको लागि नारायण जोशीले १९ रन, राहुल मण्डलले १७ रन, योगेन्द्र सिंह कार्कीले १५ रन तथा बिशाल सुश्लिंगले १४ रन योगदान दिए।

तिलाठी कोईलाडीको बलिंगमा आदील अन्सारी र चित्र बहादुर बिस्टले समान २ विकेट लिए। यस्तै राशिद खान र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

स्कोरकार्ड, अंकतालिका 

लिग अन्तर्गत यस अघि तिन वटै खेलमा पराजित भएको बोदे बर्साईनको फाइनल पुग्ने सम्भावना समाप्त भैसकेको छ। ३ खेलमा २ जित र १ हार बेहोर्दै अंकतालिकाको तेश्रो स्थानमा रहेको तिलाठी कोईलाडीले आज जित दर्ता गरे फाइनल प्रवेश गर्नेछ।

 

धेरैले पढेको 

सन्दिपले इंग्ल्यान्डको भाईटालिटि ब्लास्ट टि-२० खेल्ने

सप्तरी प्रिमियर लिग : रुपनी राईडर्सको जितमा लोकेश बमको अलराउण्ड योगदान

सप्तरी प्रिमियर लिग : राशिदले आक्रमक ब्याटिंग गर्दा तिलाठी कोईलाडी विजयी





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]